अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिरगंज महानगरपालिका वडा नं १० आदर्शनगर स्थित हरिखेतान बहुमुखी क्याम्पसमा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म बिरगंज भन्सार पर्साको सन्युक्त आयोजनामा सीमा सुरक्षा तथा यूवा शक्ति अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म बिरगंज भन्सार पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा तथा ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सुरक्षा कर्मी, संचार कर्मी , हरि खेतान बहुमुखी क्याम्पसका पदाधिकारीहरु तथा कक्षा ११र कक्षा १२ का छात्र छात्रा हरू लगायत अन्दाजी ८० जनाको उपस्थितमा सीमा भनेको के हो? सीमा सुरक्षा किन गरिन्छ ? सीमा व्यवस्थापन प्रणाली कसरी गरिन्छ? सीमा सुरक्षामा यूवा शक्तिको भुमिका कस्तो रह्न्छ? सीमा सुरक्षामा सशस्त्र प्रहरी बलको भूमिका के रह्न्छ? तथा नेपाल प्रहरीको भूमिका के रह्न्छ? , माईती नेपाल, आशिष समाजिक सेवा , आफन्त नेपालको भूमिका के रह्न्छ? यो सबै विषय वस्तुको बारेमा हरी खेतान बहुमुखि क्याम्पसका अध्यनरत छात्रछात्राहरू जानकारी, सम्झाई बुझाई तथा अवलोकनको लागि वीरगन्ज भन्सार कार्यालय अगाडी कुकुर सहितकाे सशस्त्र प्रहरी बलको चेकिङ्ग हेराईयो त्यसपछि नेपाल भारतको सिमाना जोड्ने मितेरी पुलमा लगी १० गजा क्षेत्रको अवलोकन गरी वीरगन्ज भन्सार कार्यालयभित्र आई सम्पूर्ण छात्र छात्राहरूको जिज्ञासाहरूको छलफल गरी उक्त कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष खेतानले जानकारी दिनुभयो ।