बिरगंजका होटेल र मसाज केन्द्रलाई मर्यादित बनाउन पहल सुरु

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंजका होटल  र मसाज केन्द्रहरुलाई ब्यबस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यावसायि संघ पर्साले सन्युक्त रुपमा पहल शुरु गरेका छन ।

आज स्थानीय  क्लासिक ब्यान्क्वेटमा उक्त अभियानको  पहिलो चरणमा  बिरगंजका प्रायः सम्पुर्ण जसो होटल एबम स्पाका प्रोप्राइटर र प्रबन्धकहरुको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय  पर्सा र होटल तथा पर्यटन व्यावसायि संघ  पर्साको  सन्युक्त आयोजनामा   “”  मर्यादित होटल ब्यबसाय सन्चालनमा ब्यबसायी र प्रहरीको भुमिका “” बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष हरि पन्तले होटल ब्यबसायी र प्रहरीको सहकार्य यस क्षेत्रको तमाम समस्या समाधानमा कोशे ढुङ्गा साबित हुने बताए । उनले २१ औं शताब्दीको प्रहरीले अनावश्यक रूपमा होटलको चोठा कोठा चाहरेर आफ्नु  महत्त्वपूर्ण समय बर्बाद नगर्न समेत सुझाए ।

त्यसै गरि पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक  गौतम मिश्रले कुनै पनि होटलमा होटल ब्यबसायीहरुको प्रत्यक्ष सम्लग्नतामा गलत क्रियाकलाप र यौनजन्य  गतिविधि नगर्न र त्यसो गरिएको भेटिए कार्बाहिको लागि तयार रहन चेतावनी समेत दिए । उनले आफू पर्सा आएपछि बिरगंजका ४ जना होटल ब्यबसायीहरुलाई मानव बेचबिखानको मुद्दा चलाएको समेत बताएका थिए ।

७० भन्दा माथी होटल ब्यबसायिहरुको उपस्थिति रहेको कार्यक्रमको ओपन फ्लोअरमा  अधिकान्स होटल ब्यबसायीहरुले आआफ्नु समस्याहरु राख्ने क्रममा व्यवसायिहरुमाथी कतै कतै अन्याय समेत भएको बताएका थिए । 

होटल तथा पर्यटन ब्यबसायी संघ पर्साका अध्यक्ष हरि पन्तको सभापतित्वमा सम्पन्न  कार्यक्रममा रचेन्द्र सिंह थापाले स्वागत तथा दिलिप राज कार्कीले सहजीकरण गरेका थिए भने  पर्साका  प्रहरी प्रमुख गौतम मिश्र  प्रमुख अतिथि र प्रहरी नायब उपरीक्षक ,प्रहरी निरीक्षक र सामुदायिक प्रहरीका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...