प्याब्सन पर्साको नकआउट क्रिक्रेटमा विद्यासागर , साउथ जोन र मुनलाईट सेमिफाइनलमा प्रवेश

Date:

अजित कुमार भुजेल , बिरगंज । प्राइभेट एण्ड बोर्डिङ्ग स्कूल्स अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साले आयोजना गरेको नेपाल मेडिसिटी अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता-२०८१ अन्तर्गत सोमबार सम्पन्न तीनवटा क्वार्टरफाइनल खेलपछि विद्यासागर, साउथ जोन र मुनलाइट सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो क्वार्टरफाइनल खेलमा विद्यासागर एकेडेमीले मास्कट एकेडेमीलाई ६६ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको विद्यासागरले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १२३ रन बनायो । १२४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मास्कट एकेडेमी १३ ओभर ४ बलमै ५७ रनमै समेटियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका विद्यासागरका आकाश कुशवाहा म्यान अफ द म्याच घोषित भए ।

दोस्रो क्वार्टरफाइनल खेल गोल्डेन फ्यूचर र साउथ जोनबीच भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेन फ्यूचरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै ८३ रन बनायो । जवाफमा साउथ जोनले १० ओभरमै ६ विकेट बाँकी छँदै ८५ रन बनाएर सहज जित निकाल्यो । उत्कृष्ट प्रदर्शन गरेका साउथ जोनका आकाश पटेल म्यान अफ द म्याच घोषित भए ।

तेस्रो क्वार्टरफाइनल खेल मुनलाइट र बिकन स्कुलबीच भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको मुनलाइटले १५ ओभरको खेलमा ३ विकेटको क्षतीमा ११६ रन बनायो । ११७ रनको लक्ष्य पछ्याएको बिकन स्कुल १२ ओभरमै सबै विकेट गुमाउँदै ४९ रनमै समेटियो । बलियो प्रदर्शन गरेका मुनलाइटका दिलरञ्जन यादव म्यान अफ द म्याच घोषित भए ।

भोली प्रतियोगिताका बाँकी क्वार्टरफाइनल खेल र दुई सेमिफाइनल खेलहरू सम्पन्न हुने प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...