अजित कुमार भुजेल , बिरगंज । प्रेस सेन्टर नेपाल पर्साको आयोजनामा मधेस प्रदेशमा पर्साबाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ प्रसाद यादवको अध्यक्षतामा आईतबार भएको कार्यक्रममा प्रेस सेन्टर नेपालको मधेस प्रदेश अध्यक्षमा निर्वाचित पर्साका नीरज पिठाकोटे मगर , सचिवमा रञ्जित पाण्डे र सदस्यमा शब्दर हुसैन शाह र भरत सरार्फलाई सम्मान गरेको हो ।
निर्वाचित अध्यक्ष पिठाकोटे, सचिव पाण्डेय र सदस्य हुशैनलाई प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटा , पर्सा अध्यक्ष शिवनाथ प्रसाद यादव, सचिव अजित कुमार भूजेल तथा उपस्थित पदाधिकारीहरुले अविर , माला र खादा लगाएर सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा निर्वाचित हुनु हुने सम्पुर्णलाई केन्द्रिय उपाध्यक्ष देवकोटाले जिम्मेवारी पुर्वक काम गर्न र संगठनलाई अझ उचाईमा पुर्याउन यहाको कार्यकाल सफल होस भनि सुभ कामना समेत दिनु भएको थियो ।
सो सम्मान कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय प्रतिनिधि सन्तोष पौडेल , मधेस प्रदेशका पुर्व सचिब मुनेश लायो मगर ,मधेस प्रदेश पार्षद रुपेश बर्मा ,दिपेन्द्र साह , पर्सा उपाध्यक्ष समिना रन्जितकार , सहसचिव बिदुर गौतम ,कोषाध्यक्ष सन्जित गुप्ता , सदस्य रितेश झा ,बिशाल पटेल , आनन्द साह लगायतको उपस्थिति रहेको थियो ।