प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष आफ्नो सचिवालयको प्रयोग गर्ने झुठा एवं भार्मक कुरा हो साथै कुनै कर्मचारी माथि दुर्ववहार गरिएको छैन :- उपमेयर आलम

Date:

अजित कुमार भुजेल , बिरगंज ।विगत २ दिन देखि वीरगंज महानगरपालिका कार्यालय भित्र प्रमुृख र उपप्रमुखको चलिरहेका विवादले आज पनि महानगरपालिका भित्र बिबाद कायमै रहेको छ ।
प्रमुख प्रशासकिय अधिकृतको कोठालाई उपप्रमुखको सचिवालयले आफ्नो कुनै पनि प्रयोग गर्नको लागि नरहेको ब्यहोरा जानकारी गराउदै  विभिन्न मिडियाहरुमा प्रमुख प्रशासकिय अधिकृतको बस्ने कोठा उपप्रमुखको सचिवालयले आफ्नो कार्यालयको लागि कब्जा गरेको समाचार गलत एवं भ्रामक भएको उपप्रमुखको सचिवालयले जनाएको उपमेयरका प्रेस सल्लाहकार मोहम्मद सादाबले बताएका छन ।

उक्त कोठामा पञ्जिकरण शाखा राख्न खोज्दा यही महानगरपालिका भित्र संचालनमा रहेको पञ्जिकरण शाखा रहने र प्रमुख प्रशासकिय अधिकृतको कोठा प्रमुख प्रशासकिय अधिकृतकै प्रयोगमा हुने हाम्रो अडान रहेको र  पञ्जिकरण शाखालाई हाल यथास्थानमा संचालन गर्ने र यस शाखामा आउने अपाङ्ग बृद्धबृद्धा र फरक क्षमताका ब्यक्तिहरुको सहजताको लागि तेस्रो तल्ला र दोस्रो तल्लामा जान असहज र कठिन पुर्ण हुने भएकोले प्रमुख प्रशासकिय अधिकृतसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले अधिकृतलाई आम जनमानस र अपाङ्ग बृद्धबृद्धा मैत्री बनाउन सहज बनाउन दोस्रो तल्ला भन्दा पुरानै स्थान उचित रहेकोले यथास्थानमै बस्न र कार्य संचालन गर्न उपप्रमुख आलमको भनाइ रहेको छ ।

वीरगंज महानगरपालिकामा कार्यरत कुनै कर्मचारीहरुलाई उपप्रमुखको सचिवालयबाट कुनै किसिमको अभद्र ब्यवहार नभएको उपप्रमुखका सचिवालयले जानकारी गराएको छ । उप प्रमुखका निजी सचिव रबिनन्द सिंह ,  स्वकिय सचिव शेष कुमार हजराले कर्मचारीहरुलाई गाली ग्लोज तथा अभद्र व्यवहार नगरेको र साजिस तहत कर्मचारी युनियनले प्रेस विज्ञप्ती जारी गरि भत्सर्ना गरेको हुँदा सो विज्ञप्ती प्रति उपप्रमुखको ध्यानाकर्षण भएको हुँदा सो को घोर भत्सर्ना उपप्रमुख आलमले गरेको उनका प्रेस सल्लाहकार मोहम्मद सादाबले बताएका छन  ।

महानगरपालिका भित्र संचालनमा रहेका सम्पुर्ण शाखाहरु यथावत रुपमा रही सेवाग्राहीहरु लाई सेवा सहजरुपमा सुचारु गर्न अनुरोध पनि गरेका छन ।

वीरगंज महानगर बाहिर रहेको स्विमिङ्ग पुलमा विना सर सल्लाह सारिएको कृषि तथा पशुपन्छी ब्यवसाय प्रवर्द्धन शाखा लाई महानगरपालिकामा रहेको पुरानै कोठामा ब्यवस्थापन गर्ने उप प्रमुख आलमको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...