प्याब्सन पर्साद्वारा पत्रकार सम्मेलन , भोलिदेखि हुने क्रिक्रेट र फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

Date:

अजित कुमार भुजेल , बिरगंज । निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन )को आयोजनामा बिरगंजमा भोलीदेखि शुरू हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२० नकआउट क्रिकेट र राज होजियारी जुनियर फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

बिरगंजको होटेल बृन्दावनमा आइतवार प्याब्सन पर्साले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका लागि सबै तयारी पूर्ण भएको प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

नारायणी क्रिकेट मैदानमा फागुन ५ गतेदेखि हुने क्रिकेटका खेलहरू फागुन १४ गतेसम्म सञ्चालन हुने र सो प्रतियोगितामा प्याब्सन आबद्ध २७ वटा  विद्यालयको सहभागीता रहेको र सो खेलमा पहिलो , दोस्रो र तेस्रो हुनेलाई टफि ,  मेडल र नगद सहित पुरस्कार दिनेछ ।पहिलो हुनेलाई १५ हजार , दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था रहेको  प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए ।

सो खेल अवधिमा बेस्ट खेलाडी , बेस्ट व्यास्टम्यान , बेस्ट प्लेयर , बेस्ट बलर , म्यान अफ दि सिरिज सहित ६ बिधामा ६ खेलाडीहरुलाई जनही ३ हजारले सम्मानित गरिने बताए ।

त्यसैगरी भोलीदेखि नै विपद् व्यवस्थापन गुल्म वीरगञ्जको खेल मैदानमा सुरु हुने जुनियर फुटबलका खेलहरू फागुन १० गते समापन हुनेछन् । 

फुटबलतर्फ पहिलो हुने टिमलाई  ८ हजार, दोस्रोलाई  ६ हजार र तेस्रो हुने टिमलाई ४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

साथै, फुटबल तर्फ  उत्कृष्ट खेलाडी, बेस्ट बलर, बेस्ट फिल्डर, बेस्ट डिफेन्डर लगायतका विधा तर्फ ६ जनालाई जनही १५ सय नगदले सम्मानित गर्ने  सन्योजक प्रबीण चौधरीले बताए ।

क्रिकेट र फुटबल दुवैतर्फ प्रतियोगितामा सहभागि ८ सय खेलाडीको २५ हजार रुपैयाँ सम्मको सुरक्षा बीमा गरिएको प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले बताए ।

राष्ट्रिय स्तरको जनशक्ति तयार गरेर राष्ट्रको नामलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्याब्सन अगाडि बढी रहेको र यहाबाट उत्पादन गरेको खेलाडी राष्ट्रिय स्तरमा खेल्ने छन् । विशेष पर्साको खेलाडी अगाडि आएको र आउने दिनमा पनि पढाईको साथ साथै खेलकुदप्रति रुचि राख्न , खेलको बिकास , स्वस्थ रहन प्रतियोगिता आयोजना गरिएको प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामाले बताए ।

प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा , मधेस प्रदेशका सल्लाहकार एवं क्रिक्रेट प्रतियोगिता संयोजक ईमामुदिन अहमद , मधेस प्रदेशका पुर्व उपाध्यक्ष श्याम केसि , सल्लाहकार  एवं मधेस प्रदेश सदस्य डा. हरिशन्कर साह , प्याब्सन जिल्ला उपाध्यक्ष सुशीला साह , प्याब्सनका पदाधिकारीहरु , विभिन्न स्कुलका प्रधानाध्यापकहरुको उपस्थिती  रहेको थियो भने कार्यक्रम सन्चालन प्याब्सन पर्साका सचिब अशोक संग्रौलाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...