प्याब्सन महानगरको आयोजनामा अन्तर विद्यालय क्रिक्रेट सुरु , उपमेयर आलमले गरे उद्घाटन

Date:

अजित कुमार भुजेल , बिरगंज । निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) महानगरको आयोजनामा आजदेखि अन्तर विद्यालय प्रथम महिला क्रिकेट तथा १२ बर्षमुनीको पुरुष क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

बिरगंज महानगरपालिका वडा न. २४ स्थित ज्ञानदा एकेडेमीमा शुरु भएको प्रतियोगिताको बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले उद्घाटन गरेका थिए ।

प्याब्सन महानगर कमिटि अध्यक्ष राहुल श्रीवास्वको अध्यक्षतामा भएको उद्घाटन  समारोहमा क्रिकेट संघ नेपाल (क्यान) पर्साका अध्यक्ष मनिष सिंह, विद्यालय खेलकुद संघका अध्यक्ष आलोक चौरसिया, गौतम माविका निर्देशक सोनाम लामा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन उज्जवल घिमिरेले गरेको थियो । स्वागत प्याब्सन महानगर कमिटि सदस्य मनिषा सिस्काले गरेको थियो ।

आजको उदघाटन खेलमा छात्रातर्फ ओम नेशनल एकेडेमी र जीवनज्योति मावि र छात्रतर्फ कालिकामाई एकेडेमी र लिटल एञ्जल्स स्कुलबीच हुने प्रतियोगिताका संयोजक तथा प्याब्सन महानगर सचिव अमित आलोकले बताए । प्रतियोगितामा छात्रातर्फ २१ वटा र छात्रतर्फ २० वटा विद्यालयले सहभागिता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...