ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा अबैध लोकल घरेलुु मदिरा १५० लिटर बरामद गरि नस्ट

Date:

अजित कुमार भुजेल , बिरगंज । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरद्वारा अवैध लोकल घरेलु मदिरा बरामद गरेको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिरगंज महानगरपालिका , ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा र प्रहरी चौकी आदर्शनगर पर्साको सन्युक्त आयोजनामा बिरगंजका विभिन्न ठाउबाट घरेलु मदिरा नियन्त्रण गरि नस्ट गरिएको थियो ।

ग्रिनसिटी सामुदायिक सेबा केन्द्रका अध्यक्ष जय प्रकास खेतानको नेतुत्वमा गएको टोलिले बिरगंज महानगरपालिका वडा नं १० र बिरगंज महानगरपालिका वडा नं ३ छपकैया भित्र रहेका ४० वटा भट्टि पसलहरूमा अनुगमन गर्दा अन्दाजी १५० लिटर घरेलु मदिरा फेला पारी नष्ट गरिएको खेतानले बताए ।

पर्सा प्रहरीले अवैध रूपमा सञ्चालित घरेलु मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आइरहेको छ। त्यहि अभियान अन्तरगत आज यो कार्य गरिएको अध्यक्ष जय प्रकाश खेतानले जानकारी गराएका हुन। उनले भने सामुदायिक प्रहरी सेवाको भूमिका सशक्त बनाउन नागरिक सहभागिता आवश्यक रहेकोमा समेत जोड दिएका थिए।

आज करिब १ सय ५० लिटर तयारी अवैध लोकल घरेलु मदिरा नियन्त्रणमा लिईएको हो। उक्त अवैध लोकल घरेलु मदिरा नालीमा पोखी नस्ट समेत गरिएको हो।

टोलिमा प्रहरी चौकि आदर्शनगरका प्रहरी वरिष्ठ हवल्दार सुनिल कुमार चौधरी , नगर प्रहरी दिपेन्द्र प्रसाद , सामुदायिकका प्रहरीहरुको समेत सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...