पर्सा प्रहरीले स्रोत नखुलेको रकम सहित एक भारतिय नागरिकलाई पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज बिरगंजबाट पर्सा प्रहरीले स्रोत नखुलेको रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीको टोलीले भारतीय नागरिकलाई बिरगंजको लिङ्क रोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला थाना रक्सौल वडा नम्बर १७ निवासी नेहाल कुमार रहेका छन् ।

उनको साथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद भएको पर्सा प्रहरी प्रवक्ता सुबास भट्टले जानकारी दिएका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई शंका लागेर जाँच गरेको थियो । सोही क्रममा उनको साथबाट स्रोत नखुलेको रकम बरमद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...