ब्रह्माकुमारी पाठशालाको लागि समाजसेवी श्रेष्ठ परिवारद्वारा ५० लाख बराबरको जग्गा दान , पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठद्वारा शिलान्यास

Date:

अजित कुमार भुजेल , सिरहा ।गोलबजार नगरपालिका–७ निवासी केदार श्रेष्ठ, हिरालाल श्रेष्ठ, मोतिलाल श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, तथा डा. बिष्णु प्रसाद श्रेष्ठको संयुक्त नाममा रहेको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको एक कठ्ठा घडेरी जग्गा ब्रह्माकुमारी राजयोग पाठशाला, चोहर्वाको निर्माणका लागि दान गरेका छन।

शनिबार आयोजित एक विशेष समारोहमा पूर्व कानुनमन्त्री लीलानाथ श्रेष्ठ, गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम कुमार श्रेष्ठ, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी ब्रह्माकुमारी डा. राज दादी, तथा जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलीप कुमार लामाले संयुक्त रूपमा पाठशालाको शिलान्यास गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले समाजसेवी मोती श्रेष्ठको योगदानको प्रशंसा गर्दै शिक्षा, योग तथा आध्यात्मिक चेतनाको प्रवर्द्धनमा यस्तो कार्य महत्वपूर्ण हुने बताए। गोलबजार नगर पालिकाले उहाँहरुले गर्नु भएको यस कार्य नगरले सधै सम्झिने र आफ्नो तर्फ र गोलबजार नगर पालिकाको  समेत तर्फबाट जग्गा दाता श्रेष्ठ परिवारलाई धन्यवाद ज्ञापन गरे।

पूर्व कानुनमन्त्री श्रेष्ठले पनि समाज सुधारका लागि दान र सेवाभावको आवश्यकता रहेको उल्लेख गर्दै श्रेष्ठ परिवारले गरेको यो दानले समाजमा एउटा सकारात्मक उर्जा थपेको बताए ।

“हामिले के लिएर आयौ र के छाडेर जाँदै छौ भन्ने” भोलिका उहाका पुस्ताहरुले गर्व गर्ने सराहनीय कार्य गरेकोमा समाजसेवी श्रेष्ठ परिवार प्रती हार्दिक कृतज्ञता समेत व्यक्त गरे।

जग्गा दाता समाजसेवी मोती श्रेष्ठले धार्मिक, सामाजिक तथा नैतिक शिक्षाको प्रवर्द्धनका लागि यो योगदान गरेको र हाम्रो परिवारले यस क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी, अस्पताल तथा मानव सेवा आश्रमहरूका लागि हालसम्म करिब २० करोड मूल्य बराबरको जग्गा दान गरिसकेको समेत स्मरण गराए।

यस क्षेत्रका युवा नेता,समाजसेवी  तथा श्रेष्ठ परिवारका सदस्य ज्ञान कुमार श्रेष्ठले आफ्नो परिवारबाट समाजसेवामा आफ्नो परिवारले गरेको यस कार्यले आफू गर्वान्तित भएको महसुस गर्नुका साथै यस क्षेत्रकालागी आफुले सक्दो सहयोग सधै गरि रहने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...