यस बर्षको गोतामे पत्रकारिता पुरस्कार दुर्गम क्षेत्रका पत्रकार बडुलाई प्रदान

Date:

अजित कुमार भुजेल , बिरगंज । यस बर्षको गोतामे पत्रकारीता स्वर्ण पदक पुरस्कार दार्चुलाका पत्रकार मनोरथ (मनोज) बडुलाई प्रदान गरेको छ ।

संविधानसभा सदस्य अनिलकुमार रुङ्ग्टाले शुक्रवार ज्येष्ठ नागरिक पार्क लक्ष्मणवामा पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पत्रकार बडुलाई एकतोलाको स्वर्ण पदकबाट सम्मानित गरेका थिए ।

पुरस्कृत बडु सुदुरपश्चिम प्रदेशको दार्चुलाबाट हाल कान्तिपुर दैनिकका संवाददाता हुन ।

कार्यक्रमका प्रमुख अतिथी संविधानसभा सदस्य रुङ्ग्टाले पत्रकारिता समाजको दर्पण भएको र यसले आवाज विहिनहरुको आवाज मुखारित गर्दै आएको बताए । प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोर झाले पत्रकार गौतमले पञ्चायतकालको प्रतिकुल अवस्थामा पञ्चायत विरोधी गतिविधी नडराएर गरेको र मोफसलबाट मुलधारको पत्रकारितामा टेवा पु¥याएको चर्चा गरे ।

उनले पत्रकार गौतमको स्मृतिमा यसअघि स्थापित पुरस्कारहरुले निरन्तरता पाउन नसकेको अवस्थामा विगत १३ वर्षदेखी प्रतिष्ठानले १० हजार राशीको पुरस्कारबाट एकतोला सुनसम्म ल्याइपु¥याएको बताए ।

पुरस्कृत व्यक्ति बडुले सुदुरपश्चिमको विकट दार्चुलाबाट पत्रकारिता गरेका आफुलाई तराईको सुविधा सम्पन्न वीरगंजले सम्झेको खुशी व्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, शाखा अध्यक्ष ओमप्रकाश खनाल, प्रहरी उपरीक्षक गौत्तम मिश्रले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष श्याम पोखरेलले स्वागत र पत्रकार खड्ग बहादुर श्रेष्ठ ( प्रताप श्रेष्ठ) ले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...