क्यान्सर उपचाररत फोनिज पाचथरका पत्रकार “कबिन्द्र शेर्मा उपचार सहयोग अभियान” सन्चालन

Date:

अजित कुमार भुजेल , बिरगंज ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय सचिवालय बैठक मंसिर २७ गते बुधबारका दिन केन्द्रिय अध्यक्ष गजुरधन राईको अध्यक्षतामा संघीय कार्यालय अनामनगरमा सम्पन्न भयो ।

बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू कार्यान्वयन गर्न गराउन प्रदेश , जिल्ला , नगर र बिदेश बिभागलाई परिपत्र समेत जारी गरिएको छ ।

बैठकले घाँटीमा क्यान्सर भई उपचाररत फोनिज पाँचथरका संस्थापक अध्यक्ष तथा हालका सल्लाहकार वरिष्ठ पत्रकार कबिन्द्र शेर्माको उपचारमा सहयोग गर्ने उद्देश्यका साथ संघीय समितिले उपाध्यक्ष अमरध्वज लामाको संयोजकत्वमा  ‘पत्रकार कवीन्द्र शेर्मा उपचार सहयोग अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरि क्यान्सर रोगबाट ग्रसित अग्रज पत्रकार शेर्माको उपचारका लागि कम्तीमा ५० लाख  रकम आवश्यक पर्ने भएकाले फोनिजको प्रदेश, जिल्ला र विदेश समितिलाई पनि सहयोग संकलन अभियान सञ्चालन गर्न निर्देशनात्मक आह्वान गर्ने निर्णय समेत गरि परिपत्र प्रदेश , जिल्ला , बिदेश समितिमा समेत जारी गरेको महासचिव मिलन लिम्बुले जानकारी गराउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...