सामुदायिक सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा ताराचन्द माबिका छात्राहरुलाई ७६ थान साइकल बितरण

Date:

अजित कुमार भुजेल,बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र  छपकैया-२ बिरगंजको आयोजनामा ७६ थान चाईनिज साइकल बितरण कार्यक्रम सम्पन्न भएको छ।

बिरगंज महानगरपालिका वडा न. २ छ्पकैया स्थित श्री ताराचन्द्र किशनलाल आधारभुत बिधालयमा अध्ययनरत जेहेन्दार तथा गरिब बालबालिकाहरुको लागि समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज साईकल बितरण गरिएको हो।

यस कार्यक्रमका प्रमुख अतिथी बिरगंज महानगरपालिका वडा न.२ का वडा अध्यक्ष महम्मद रेयाज मिया तेलि ,वडा सदस्य मोहम्मद बसिर मिया हजाम , अब्दुल लतिफ अन्सारी , महिला सदस्य श्रीमती संगीता थापा भुजेल , सामुदायिक सेवा केन्द्र छ्पकैया-२ का सचिव प्रविण विक्रम शाह, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सदस्य अब्दुल कैश मिया, स्कुलकि शिक्षिका बिणा चौलागाईं , प्रहरी हवल्दार लालबाबु कुशवाह लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराई र सो  बिधालयका अध्यक्ष लालबाबू प्रसादको सन्युक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

श्री तारा चन्द्र किशनलाल आधारभुत बिधालय छ्पकैया-२ स्थित बिधालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि उक्त साइकल बितरण कार्यक्रम गरेको थियो।

अन्तर्राष्ट्रिय लभ साइकल नेपालको सुभारम्ह समारोहको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।चाइना फाउन्डेसनले आयोजना गरेको ७६ थान चाइनिज साइकल यस बिधालयमा पढ्ने छात्र छात्राहरुलाई साइकल वितरण गरिएको हो।

अध्यक्ष हाजि ग्यासुदिन ठकुराईका अनुसार छात्रछात्राहरुलाई घर जान आउन कठिनाई भएको बिद्यार्थीहरुलाई सहज होस भन्ने उदेश्यको साथ साईकल बितरण भएको हो।

अन्तर्राष्ट्रिय साइकल प्रोजेक्टका अनुसार नेपाल देशमा नेपाली विद्यार्थीहरुको लागि १ हजार नया चाइनिज मयालु साइकलहरु  वितरण गर्ने कार्यक्रम रहेको सोही क्रममा आज ७६ थान विद्यार्थीहरु लाई चाइनिज साइकल वितरण कार्यक्रम सम्पन्न गरेको हो।उक्त कार्यक्रममा शिक्षक,शिक्षिका एवम् विद्यार्थीहरु, पत्रकारको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...