अजित कुमार भुजेल , बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला कार्य समिति पर्साले यहि मिति २०८१ पौष २४ गते अध्ययन प्रयोजनको लागि नेपालको संविधानको धारा २७ को सूचनाको हक सम्बन्धि ऎन २०६४ को दफा ३ र ७ को व्यवस्थानुसार तपसिलमा उल्लेखित माग गरिएको बिषय बस्तु भन्दा बाहिर गएर आधा अधुरो सूचना दिएर नागरिकको सूचना पाउने हकलाई एउटा सरकारी कार्यालयले के कति कारणले लुकाउन खोजेको हो भन्दै सूचना खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिरगंज पर्सालाई फेरि आज मिति :-२०८१/११/ ०१ गते बिहीबारका दिन मञ्चका पर्सा अध्यक्ष सुनिल श्रेष्ठले दोस्रो पटक सूचना माग गर्दै निवेदन दर्ता गर्नु भएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल २०५१ साल देखि हाल सम्म अनवरत रुपमा स्वच्छ बजार निर्माणको क्षेत्रमा बहस पैरवी,निति निर्माण तहमा सहजिकरण तथा हस्तक्षेप र सबैखाले एकाधिकारपूर्ण तथा अनुचित व्यापारिक कारोबार विरुध्द उपभोक्ता हित संरक्षणको क्षेत्रमा आफ्ना भनाई र उपस्थिति सशक्त रुपमा राख्दै र देखाउदै आइराखेको संस्था हो ।
एकातिर बजार नियमन र अनुगमन गरि स्वच्छ र गुणस्तरयूक्त खाद्य वस्तु आम उपभोक्ताले प्राप्त गर्न पाउने अधिकार सुनिश्चित गर्नु र अर्कोतिर व्यवसायी र उपभोक्ताहरुलाई खाद्य स्वच्छता बारे सचेतना प्रोग्राम ठाउ ठाउँमा चलाएर उपभोक्ता शिक्षाको सुनिसचित्ता गर्नु। यि सबै कार्यका लागि याहाँको विभागबाट वार्षिक कार्ययोजना सहित बजेट समेत विनियोजन भएर आएको होला । सो सम्बन्धमा आफुले मागेको निम्न अनुसारको सूचना उपलब्ध गराउन समेत जानकारि गराएको पर्सा अध्यक्ष सुनिल श्रेष्ठले जानकारि दिनुभयो ।
(१ ) आर्थिक वर्ष २०८१ / २०८२ को लागि त्यस कार्यालयलाई विभाग मार्फत प्राप्त बजार अनुगमन र व्यवसायि तथा उपभोक्ता सचेतनाका लागि प्राप्त रकम शिर्षकनुसार प्रमाणित कपि।
(२ ) आर्थिक वर्ष २०८१ / २०८२ मा काहाँ काहाँ कति कति जनाको उपस्थितिमा उपभोक्ता तथा व्यवसायि सचेतना कार्यक्रम गरियो सो को उपस्थिति पुस्तिकाको कपि र खर्चहरुको बिल भर्पाईहरुको प्रमाणित कपिहरु । (३ )पर्सा,बाराका पानि उधोग र डेरि उधोगहरु सबै अनुगमन भएका छन कि छैनन्।अनुगमन गरिएको छ भने खाद्य विभाग द्वारा जारि गरिएको पानि निर्देशिका र दुग्ध निर्देशिका बमोजिम ति उधोग संचालित छन कि छैनन् ?अनुगमन गरेको फारमको प्रमाणित कपिहरु सबै।
(४ ) पानि उधोग र डेरि उधोगहरु अनुगमन र नियमन गर्दा कैफियत भेटिएको छ भने सो मा के कार्वाहि गरियो सो कार्वाहि गरिएको कागजातको प्रमाणित कपिहरु । (५ ) पर्सा बारा मा रहेका चामल तथा तेल उधोगहरु के कति अनुगमन गरियो गरिएन।गरिएको छ भने ति उधोगका उत्पादनहरु गुणस्तर मापदण्ड भित्र छन कि छैनन्।अनुगमन गरेको कागजातहरु को प्रमाणित कपिहरु ।
( ६ ) आर्थिक वर्ष २०८१ / २०८२ मा के कस्ता खाद्य वस्तु उत्पादन र प्याकिङ्ग गर्ने उधोगहरु लाई खाद्य अनुमति सिफारिस वा प्रदान गरियो ति सबै का प्रमाणित कपिहरु ।
उल्लेखित सूचना उपलब्ध गराउदा कानुन बमोजिम लाग्ने शुल्क दस्तुर समेत बुझाउन तयार रहेको उल्लेख गरिएको छ ।