बिरगंजका दुई विद्यार्थीद्वारा समाजमा सकारात्मक परिवर्तन ल्याउने उदेश्यका साथ निसुल्क शिक्षा प्रदान

Date:

अजित कुमार भुजेल ,बिरगंज। बिरगंजका दुई जना विद्यार्थीद्वारा  समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ निःशुल्क शिक्षा प्रदान गर्दै आईरहेको छ ।

क्लास १० मा सँगै पढेका दुई साथी गुनगुन सहनी (हाल डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत) र अर्का आकाश गुप्ता (हाल बीबीएस प्रथम वर्ष अध्ययनरत) ले आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारका बालबालिकाहरुलाई बिरगंज महानगरपालिका गहवा मन्दिर अगाडिको पार्कमा बिगत १० दिन देखि निःशुल्क शिक्षा प्रदान गरिरहेका छन्।

उनिहरुले आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारका बालबालिकाहरुलाई शिक्षाप्रति आकर्षण गर्न कपी, कलम तथा चकलेटहरु दिएर लोभ्याएर भएपनि निःशुल्क शिक्षा प्रदान गरिरहेका छन।

“तपाईंले संसारमा देख्न चाहने परिवर्तन आफैं बन्नुहोस्” भन्ने सिद्धान्तमा विश्वास राख्दै, यी युवाहरू शिक्षा मार्फत समाजमा सकारात्मक प्रभाव पार्न चाहन्छन्। विद्यालय जान नसकेका बालबालिकालाई आधारभूत शिक्षा प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्यको बाटो खोल्ने प्रयास गरिरहेका छन्।

स्थानीय समुदायले उनीहरूको प्रयासलाई उच्च सम्मान गर्दै सहयोगका लागि आह्वान गरिरहेका छन्।आम जनमानसले यस्तो कार्यलाई सराहनीय गरेका छन। उनिहरुले दैनीक ४:३० बजे देखि ६ बजे सम्म निःशुल्क शिक्षा प्रदान गर्दै आईरहेको जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...