अजित कुमार भुजेल , बिरगंज । बिरगंज स्थित मानवसेवा आश्रममा रहेका लक्ष्मी नारायणहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रद्वारा बेलुकीको भोजन गराइएकाे बिरगंज मानवसेवा आश्रमका प्रमुख मुना मगरले जानकारी दिए।
उक्त कार्यक्रममा प्रमुख अतिथी एस.पी. गौतम मिश्रको आतिथ्यमा सम्पन्न भएको हो। प्रमुख अतिथीका भनाई अनुसार ” मानवको सेवा नै जिवनको सर्बोत्तम कार्य हो ” भन्ने मुल उदेश्यका साथ आश्रममा सहयोग गरिएको र आउने दिनमा पनि मानव सेवा आश्रमसंग जिल्ला प्रहरी कार्यालयले सहकार्य गरेर अन्य सामाजिक कार्यहरु गर्ने उनले बताए ।
गौतम मिश्रले आउने दिनमा जिल्ला प्रहरी कार्यालयबाट साथै व्यक्तिगत तर्फबाट पनि मानवसेवा आश्रमलाई सधै साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
यस कार्यक्रमको योजना बनाउनु हुने मानवसेवा आश्रम बिरगंजका संस्थापक देवेश प्रसाद एवं यस मानवसेवा बिरगंजका प्रमुख मुना पुलामि मगरलाइ बिशेष आभार र धन्यवाद व्यक्त गरेका थिए।
सो कार्यक्रममा आश्रमका अभिभावक प्रकाश थारु, सन्चारकर्मि अभिलाष गुप्ता ,समाजसेवी युवाहरु ओम कुमार झा ,पियुष गुप्ता ,पवन गुप्ता , प्रधुमन सरार्फ लगायतको उपस्थिति रहेको सहकर्मि अभिलाष गुप्ताले जानकारी दिनुभयो ।