जनमत पार्टी पर्साको आयोजनामा निसुल्क आखा शिबिर सम्पन्न

Date:

अजित कुमार भुजेल ,बिरगंज । जनमतपार्टी पर्साको लोककल्याणकारी अभियान अन्तर्गत चलिरहेको निशुल्क आखा शिविर अन्तर्गत पर्सा जिल्ला बिन्दवासिनी  गापा वडा न.३ झौवा र वीरगन्ज  वडा न. २१ परवानीपुरमा  १६ औं र १७ औं  शिविर सम्पन्न भएको छ ।

झौवाको शिविरमा ३५४ जना लाभान्वित भएका छन् भने १२० जनामा मोतियाबिन्द भेटिएको छ। त्यसैगरी परवानीपुरमा सम्पन्न शिविरमा  ६१ जनाले चेकजाँच गराउदा १९ जनामा मोतियाबिन्द भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी गराए ।

मोतियाबिन्दु भएकाकोहरुको  शल्यक्रिया वीरगन्ज सामुदायिक आखा केन्द्रमा निशुल्क रुपमा गरिने अध्यक्ष सरार्फले बताए ।

बिन्दवसिनिको कार्यक्रम पालिका अध्यक्ष ललन(बिनोद) चौरसियाको अध्यक्षतामा र परवानीपुरको कार्यक्रम वडा नम्बर -२२ का इकाई अध्यक्ष बिष्णु कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ,नेताहरू सुजित चौरसिया,रामबाबु चौरसिया, महेश चौरसिया, युवा नेताहरु उदय यादव ,संजय सिह, लोकेश कर्णे लगायतको सक्रिय सहभागीता रहेको थियो।

हाम्रो अभियानबाट अहिले सम्म २२  सय  ६० भन्दा बढी जन समुदाय लाभान्वित भएका छन भने ५५६ भन्दा बढीको मोतिया बिन्दको शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएको  जिल्ला अध्यक्ष सरार्फले उल्लेख गरे । यो अभियान पर्साको गाउँ देखि सहर सम्म जारी नै रहने अध्यक्ष सरार्फले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...