ब्रहमाकुमारि राजयोग सेवा केन्द्र छ्पकैयाद्वारा अलौकिक स्नेह मिलन तथा आन्तरिक शान्ति एवं सामाजिक सदभाव प्रशिक्षण कार्यक्रम सम्पन्न

Date:

लअजित कुमार भुजेल , बिरगंज । बिरगंज वडा न.२ छपकैया स्थित ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिरगंजद्वारा अलौकिक स्नेह मिलन तथा आन्तरिक शान्ति एवं आनन्दमय जिवन र  सामाजिक सदभाव प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।

उक्त कार्यक्रम ब्रहमाकुमारी राजयोग सेवा केन्द्रका क्षेत्रीय संचालिका ब्रहमाकुमारी रबिना दिदिको अध्यक्षतामा एवम्
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्यालको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा आज बिहानैबाट नै बिश्वको शान्तिको कामना गर्दै योग साधना दिन भरी गरिएको थियो । आजको दिनलाई सन्सार भरी नै यो संस्थाको करिब ९ हजार शाखाहरुले बिश्व शान्ति दिवसको रुपमा मनाउदै छ। १४५ देशहरुमा एकै साथ मनाउदै आएको यस संस्थाका ब्रहमाकुमार गोकुल गुभाजु ले जानकारी गराएका थिए।

यो संस्था केवल धार्मिक संस्था होईन, नारीद्वारा संचालित बिश्वको सबैभन्दा ठुलो आध्यात्मिक एवम् शैक्षिक संस्था हो। यस संस्थालाई सन्युक्त राज्यसंघले ७ वटा र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्तिदुत पुरस्कारले पुरस्कृत गरेको  संस्थाका ब्रहमाकुमार गोकुल गुभाजुले जानकारी दिनुभयो ।

त्यसैगरि सो कार्यक्रममा अलौकिक स्नेह मिलन तथा आन्तरिक शान्ति एवं आनन्दमय जिवन सम्बन्धमा प्रशिक्षण गुणराज भाइले दिनु भएको थियो ।

सो कार्यक्रमका बिशिस्ट अतिथिहरुमा संविधान सभा सदस्य जयप्रकाश थारु, बिरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम , रिलिफ सोसाइटी बिरगंजका अध्यक्ष सुरेश रुङ्ग्टा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र , सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल , पर्सा जिल्ला अदालतका रजिस्ट्रार , समाजसेवी प्रकाश थारु , प्रकाश उपाध्याय , श्रवण बहादुर रायमाझी , लालबाबु सिंह , डा. जितेन्द्र आस्वानि , सन्चारकर्मि जगत राई , युवराज खड्का , अजित भुजेल , मुस्कान श्रेष्ठ , अभिलाष गुप्ता , धुर्व साह , नितेश कर्ण लगायतको सहभागी रहेको थियो ।

स्वागत मन्तव्य ब्रहमाकुमारि राजयोग सेवा केन्द्र छ्पकैयाका प्रमुख बेलि दिदिले र कार्यक्रम सन्चालन ब्रहमकुमार गोकुल भाईले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...