अजित कुमार भुजेल , बिरगंज ।आजको फाइनल खेलमा साउथ जोन माविले फराकिलो अन्तरका साथ ९४/४१ अन्क ल्याइ गुगल एकेडेमीलाई हराइ प्रथम स्थान हासिल गरेको छ ।
पर्सा जिल्ला कबड्डी संघले आयाेजना गरेकाे अन्तर विद्यालय कबड्डी खेलकाे तेस्राे दिन छात्र तर्फ ४ खेल र छात्रा तर्फ २ खेल भएकाे थियाे ।
तेस्राे दिनकाे पहिलाे खेलमा छात्र तर्फ गाैतम स्कुल ४०/४७ अंकले बिरगंज पब्लिक स्कुलसंग हारेकाे छ । पहिलाे खेलकाे म्यान अफ द म्याच वीरगंज पब्लिक स्कुलका जर्सी नम्बर २ का उदित यादव घाेषित भएका थिए भने दाेस्राे खेलकाे छात्र तर्फ नै एस आर ग्यालेक्सीले ७९/४६ अंकले बिरगंज गाेल्डेन गेट आजको फाइनल खेलमा साउथ जोन माविले फ्राकिलो स्कुललाई हराउँदै जित हात पारेका थिए । दाेस्राे खेलकाे म्यान अफ द म्याच जर्सी नम्बर ४ का सुरज कुश्वाहा घाेषित भए ।
यसै गरि तेस्राे खेलमा छात्राहरू तर्फ सूर्याेदय स्कुलले ५६ अंक र लिटिल फ्लावर स्कुलले ३५ अंक बनाएका थिए । तेस्राे खेलकाे प्लेयर अफ द मेच सूर्याेदय स्कुलकी जर्सी नम्बर २ कि सलामुन खातुन भएकी थिन ।
आजै भएकाे छात्रा तर्फकाे चाैथाे खेलमा एस आर ग्यालेक्सी स्कुलले सालाेम स्कुललाई ३९/२४ काे अंकले पराजित गर्दै एस आर ग्यालेक्सी स्कुलकी जर्सी नम्बर ४ कि श्रिया पटेल प्लेयर अफ द मेच घाेषित भएकी थिइन।
छात्र तर्फकाे पाचौं खेलमा लिटिल फ्लावर स्कुलले पिस जाेनलाई ५८/४१ अंकले हराउदै जितकाे पाेल्टाे आफ्नो नाम गर्न सफल भए । म्यान अफ द म्याच लिटिल फ्लावर स्कुलका जर्सी नम्बर ११ का विश्वास यादव घाेषित भए ।
आजकाे छैटौं र अंतिम खेलमा साउथ जाेन स्कुलले ९४/४१ काे फराकिलाे अंकले गूगल एकेडेमीलाई हराएका थिए । म्यान अफ द म्याच पनी गूगल एकेडेमीका जर्सी नम्बर ८ का आदित्य पटेल बनेका थिए ।
बिहिबार छात्रा तर्फ ४ वटा खेल र छात्र तर्फ २ वटा खेल हुने पर्सा जिल्ला कबड्डी संघका उपाध्यक्ष सुधिर गुप्ताले जनाकारी दिनु भयाे।l