सिम्राेनगढ नगरपालिकामा भएको बिबाद नियन्त्रण गर्ने क्रममा प्रहरीको गोलि लागि एक जनाको घटनास्थलमै मृत्यु

Date:

अजित कुमार भुजेल , बारा । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा कर्मचारीहरूले गरेको आन्दोलनले उग्ररूप लिएपछि प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ ।

बारा प्रहरीको गोलीबाट एकजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले एक दर्जन भन्दा हवाइफायर तथा अश्रुग्याँस प्रहार गरेको स्थानीयबासीले जनाएका छन् ।

बाराको सिम्रौनगढ नगरपालिकामा अहिले पनि अवस्था तनाव ग्रस्त रहेको प्रहरीले जनाएको छ । मृतकको भने अहिलेसम्म पहिचान नभएको प्रहरी स्रोतले जनाएको छ ।

सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख चढ्ने गाडीमाथि तोडफोड भएको छ । बुधवार नगरपालिकाका नयाँ प्रशासकीय अधिकृत महेश मिस्र चढेर कार्यालय जाने क्रममा गाडीमाथि तोडफोड भएको हो ।

आन्दोलनकारीहरूले नगर प्रमुखको गाडीमाथि ढुङ्गा प्रहार गरेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

सिम्रौनगढ नगरपालिकामा ५ महिनादेखि स्थानीय नगर अस्पतालमा आकस्मिक सहितका सेवा बन्द छन् भने एक सातादेखि सामुदायिक विद्यालयहरूमा पठन पाठन ठप्प छ । सो नगरपालिकाका वडा कार्यलयहरु पनि बन्द रहेका छन् ।


सो नगरपालिकामा कानुनी रूपमा नगर सभा सम्पन्न हुन सकेको छैन भने नगरपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले ४ देखि १४ महिनाको सेवा सुविधा पाएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...