सामुदायिक प्रहरी सेवा कुम्हालटोलद्वारा स्वागत तथा परिचात्मक कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल ,  बिरगंज ।सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटाेलद्वारा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रम बिरगंजको रेल्वे रोडमा स्थित सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलको आफ्नै कार्यालयमा सम्पन्न भएको हो। कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यसैगरि  प्रमुख अतिथिमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,सामुदायिक प्रहरी सेवा केन्द्र  कुम्हालटाेलका संरक्षक तथा बिरगंज महानगरपालिका वडा न. ५ का अध्यक्ष प्रदीप कुमार चौरसिया हुनुहुन्थ्यो।

सामुदायिक प्रहरी सेवा केन्द्र  कुम्हालटाेलका अध्यक्ष रमेश चौधरी , कन्चनजङ्ग स्कुलका डाइरेक्टर मार्टिन मोक्तान , मुनलाइट स्कुलका संचालक श्याम के.सी., वडा न. ५ का वडा सदस्य मनोज कुमार साह , कुम्हालटाेल टाेलसुधार समितिका अध्यक्ष नन्दलाल राउत अहिर , सहसचिव रितेश गुप्ता , सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपाली , सचिव श्रवण बहादुर रायमाझी,
सदस्यहरु रामबाबु रायमाझी , सत्य प्रकाश कुमार , सावित्री भुमियार , श्रीमती तारा बिष्ट , ज्ञानमाया रायमाझी , ईन्दिरा  पोखरेल ,  समाजसेबी मनोज मिश्रा , सन्चारकर्मी सन्तोष मान रन्जितकार , अभिलाष कुमार गुप्ता ,  बिरगंज समाजका अध्यक्ष अशोक गुप्ता , डा. हरेराम ठाकुर ,  सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका प्रहरी सहायक हवल्दार कुमार बि.क. , प्रहरी जवान दिलिप कुमार कोइरी , गोबिन्द ताम्राकार , सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका पदाधिकारी तथा आजिवन सदस्य लगायतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथी मिश्रका अनुसार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सामुदायिक प्रहरी संगको सहकार्यमा जनमानस, वडा, स्थानीय, गाउँपालिका, स्थर सम्म पुर्याउने बिश्वास ब्यक्त गरेका थिए। उनले भने
सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै सुरक्षा व्यवस्थालाई सुदृढ गर्न यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण योगदान रहने बताएका हुन। सामुदायिक प्रहरी सेवाको भूमिका सशक्त बनाउन नागरिक सहभागिता आवश्यक रहेकोमा समेत जोड दिएका थिए।

स्वागत मन्तव्य सामुदायिक प्रहरी सेवा कुम्हालटोलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीले र कार्यक्रम संचालन मुनलाइट स्कुलका संचालक श्याम केसीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...