नेपाल रेडक्रस सोसाइटी माईस्थान उपशाखाको नवनिर्वाचित पदाधिकारीहरुको प्रमाणपत्र बितरण र सपथ ग्रहण

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा अन्तरगत रहेको माइस्थान उपशाखाको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण कार्यक्रम जिल्ला शाखाको भवनमा सम्पन्न भएको छ ।

निर्वतमान सभापति मदन गुप्ताको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथी पर्सा रेडक्रसका सभापति बिरेन्द्र राज कंडेल, निर्वाचन अधिकारी दिनानाथ रौनियार, शाखाका उपमन्त्री साबिर अहमद एराज, सन्तोष गुप्ता, सिताराम उपाध्याय, दिना प्रसाद गुप्ताले नयाँ कार्यसमितिलाइ अबिर, प्रमाणपत्र र गमछा ओढाएर सफल कार्यकालको शुभकामना मन्तव्य सहित प्रस्तुत गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति बिरेन्द्र राज कंडेलले रेडक्रसको ७ सिधाान्त सहित आचार संहितामा रहि सेवा कार्य गर्न गराउनको लागि सपथ ग्रहण गर्ने कार्यक्रममा सहभागी भएका सबैले मानवताको निष्पक्ष परिचय दिन हुन आग्रह गर्दै सेवा कार्यमा अझ तटस्थ भइ लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो भने आधुनिक रक्तसञ्चार केन्द्र बनाउनमा सबैको साथ सहयोगको उपेक्षा लिएको कुरा सहभागी सबैलाइ जानकारी गराए ।

उपशाखाको नवनिर्वाचित कार्यसमितिलाइ सम्बोधन गर्दै नि.सभापति मदन प्रसाद गुप्ताले आफ्नो कार्यकालमा भएका प्रगती, आर्थिक प्रतिबेदन लगायतको सामाग्रीहरुलाइ नवनिर्वाचित सभापति डा. प्रमोद सरार्फलाइ रेडक्रसको ब्याग हस्तान्तरण गर्दै शुभकामना दिनु भएको थियो ।

नयाँ कार्यसमितिमा महिला उपसभापति रेखा कर्ण, सचीव उमेश कुमार गुप्ता, कोषाध्यक्ष उमेस साह कानु, सहसचिव प्रदिप गुप्ता, सहकोषाध्यक्ष बसन्त गुप्ता, महिला सदस्य निशा श्रीवास्तव, सदस्यमा सुरेन्द्र सरार्फ, गणेश प्रसाद साह, निर्मल अग्रवाल र सन्दिप कुमार गुप्ता रहेका छन ।
कार्यक्रम संचालन उपशाखाका सचिव उमेस कुमार गुप्ताले गर्नु भएको कुरा रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी गराएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...