६ केजि ५०० ग्राम गाजा सहित बिरगंजका सदाम पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज ।लागूऔषध गाजा सहित बिरगंजबाट   एक जना युवकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिरगंज महानगरपालिका वडा न. १६   नगवा स्थित फूलबारी टोल निवासी बर्ष २३ को शेख सदामलाई  घरमा छापा मारी गरी लागूऔषध गाँजासहित नियन्त्रणमा लिएको हो ।

सदामले आफ्नै घरमा अवैध तरिकाले लागूऔषध लुकाएर राखेको र विक्री वितरण समेत गर्ने गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त टोलिले उनलाई मङ्गलवार दिउँसो नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक  कुमार विक्रम थापाले जानकारी दिनुभयो ।

प्रहरीले सदामको घरमा उनी सुत्ने कोठाको खाट मुनी कालो रङ्गको प्लास्टिकको डब्बाभित्र लुकाई छिपाइ राखिएको ६ किलो ५०० ग्राम गाँजा र त्यसलाई तौल गर्ने दुई थान डिजिटल तराजु समेत बरामद गरेको डिएसपी थापाले बताए ।

लागूऔषध सहित सदामलाई नियन्त्रणमा राखेर थप अनुसन्धानको कार्य अगाडि बढाइएको समेत थापाले  बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...