No menu items!

६ केजि ५०० ग्राम गाजा सहित बिरगंजका सदाम पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज ।लागूऔषध गाजा सहित बिरगंजबाट   एक जना युवकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिरगंज महानगरपालिका वडा न. १६   नगवा स्थित फूलबारी टोल निवासी बर्ष २३ को शेख सदामलाई  घरमा छापा मारी गरी लागूऔषध गाँजासहित नियन्त्रणमा लिएको हो ।

सदामले आफ्नै घरमा अवैध तरिकाले लागूऔषध लुकाएर राखेको र विक्री वितरण समेत गर्ने गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त टोलिले उनलाई मङ्गलवार दिउँसो नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक  कुमार विक्रम थापाले जानकारी दिनुभयो ।

प्रहरीले सदामको घरमा उनी सुत्ने कोठाको खाट मुनी कालो रङ्गको प्लास्टिकको डब्बाभित्र लुकाई छिपाइ राखिएको ६ किलो ५०० ग्राम गाँजा र त्यसलाई तौल गर्ने दुई थान डिजिटल तराजु समेत बरामद गरेको डिएसपी थापाले बताए ।

लागूऔषध सहित सदामलाई नियन्त्रणमा राखेर थप अनुसन्धानको कार्य अगाडि बढाइएको समेत थापाले  बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...