अजित कुमार भुजेल , बिरगंज । नेपाल रेडक्रस सोसाइटी रानीघाट उप-शाखाको नव निर्वाचित कार्य समितिको प्रमाण-पत्र वितरण र शपथ ग्रहण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
शनिबार एक कार्यक्रमको आयोजना गरि बिरगंज महानगरपालिका घन्टाघर स्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सभाहलमा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका सभापति बिरेन्द्र राज कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।भने विशिष्ट अतिथिमा शाखाका उपाध्यक्ष मधु राणा,दिनानाथ रौनियार लगायतका विशिष्ट ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रम भएको थियो।
उक्त कार्यक्रममा रानीघाट उपशाखाको नवनिर्वाचित पदाधिकारीहरु एवम् कार्यकारणीसदस्यहरुको शपथ ग्रहण गराउनुको साथै तथा प्रमाण-पत्र वितरण एवम् सबैजनालाई खादा तथा टीका लगाई सम्मान गरिएको थियोे र पुरानो कार्य समितिका सदस्यहरुलाई स-सम्मान बिदाई गरिएको थियोे।
सोको जानकारी रानीघाट उप-शाखाका सभापति शतिश सिंह राजपुतले बताएका थिए भने सचीव भरत शर्माको पनि उपस्थिति रहेको थियोे।
उक्त कार्यक्रममा सम्पूर्ण निर्वाचित सदस्य पदाधिकारी आजिवन सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।