नेपाल मुस्लिम पत्रकार संघ पर्साद्वारा नेपाल पत्रकार महासंघ जिल्ला , मधेस प्रदेश र केन्द्रका निर्वाचित पदाधिकारीहरुलाई सम्मान

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल मुस्लिम पत्रकार संघ पर्साले नेपाल पत्रकार महासंघका  निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ ।

पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पत्रकारहरुलाई सम्मानित गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उपप्रमुख  इम्तियाज आलमले दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख इम्तियाज आलम ले भने राज्यले गर्ने सही र गलत काम पत्रकारले नै उजागर गर्ने र समाजले पनि पत्रकारलाई नै विश्वास गर्ने भएकोले क्षणिक स्वार्थमा लागेर गरिने पत्रकारिताले पेशागत विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पार्ने भएकोले त्यस्तोमा नलाग्न आग्रह गरे । स्व:पत्रकार नेहाल खानका परिवारजनलाई सक्दो सहयोग गर्ने र उहाँको छोरालाई शैक्षिक संस्थामा तिर्ने रकममा पनि सहयोग गर्ने प्रतिबद्रता व्यक्त गर्नु भएको थियो ।

नेपाल मुस्लिम पत्रकार संघ पर्साका अध्यक्ष मन्सुर मियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य लालबाबु शेख, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा, पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतले पत्रकार हरुको बृद्विबिकासको लागि , समाचार लेखेकै कारण विभिन्न मुद्दा मामिला बेहोर्नु पर्ने समस्यालाई ध्यानमा राखेर निसुल्क कानुनी परामर्शको लागि नेपाल बार एसोसिएसन पर्सासङ्ग सम्झौता भएको र आउने दिनमा पनि पत्रकारहरुको स्वास्थ्य उपचारका लागि सरकारि अस्पताल र निजि अस्पताल सङ्ग निसुल्क उपचार बारे सम्झौता गर्ने र प्रत्यक पत्रकारहरुको दुर्घटना बिमा निसुल्क गर्ने काम अहिलेको निर्वाचित पदाधिकारीहरुले गर्ने बिश्वास सहित शुभकामना व्यक्त गरेका थिए ।

सो कार्यक्रमको उद्घाटन बिरगंज महानगर पालिकाका उपप्रमुख इम्तियाज आलमले गमलामा पानी हाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा कि उपाध्यक्ष निलिमा पौडेल , सचिव विजय चौहान , प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी , सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामी, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाई लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा स्व.पत्रकार नेहाल खानको परिवारलाई मुस्लिम पत्रकार संघको तर्फबाट ३१ हजार रूपैयाँ नगद सहयोग राशी उहाका छोरालाई  हस्तान्तरण गरिएको थियो।

नेपाल मुस्लिम पत्रकार संघ पर्साका कोषाध्यक्ष सबाना खातुनले स्वागत मन्तव्य र कार्यक्रम सन्चालन सहसचीव अब्दुल कैश तेलिले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...