नेपाल पत्रकार महासंघ पर्सा शाखा र नेपाल बार एशोसियसन पर्सा बीच ६ बुँदे सम्झौता

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखा र नेपाल बार एशोसिएसन पर्साबीच दुईपक्षीय सम्झौता भएको छ ।

नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेसको प्रबद्र्धन, स्वतन्त्रताको प्रतिरक्षा र पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि काम गर्ने, देशमा विधिको शासनका लागि लोकतान्त्रिक संस्कार निर्माण गर्ने मुख्य उद्देश्यले बार एशोसिएसन र पत्रकार महासंघ पर्सा शाखाबीच ६ बुँदे सम्झौता भएको हो ।

सम्झौता पत्रमा दुवैपक्षको सहकार्यमा सामाजिक मुद्दाहरुमा केन्द्रीत रहेर समाजमा विधिको शासन व्यवस्थाका आधारहरुलाई बलियो बनाउन विभिन्न बहस, अन्तरकृयाहरु गरिने, एकअर्को पक्षको व्यावसायिक प्रवद्र्धन र हित सुरक्षाको पक्षमा सकारात्मक सहकार्य गर्ने, पर्सा जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई पेशागत काम कारवाहीका सन्दर्भमा आवश्यक कानूनी परामर्श र सेवाका लागि बार एशोसिएसनले सहजीकरण गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै पर्सा जिल्लालाई आधार बनाएर पत्रकारिता गर्ने पत्रकारहरुलाई समाचार लेखोका कारण आईपर्ने मुद्दामामिलामा आर्थिक भार खेप्न नपर्ने गरी बार एशोसिएशनले आफ्ना सदस्य कानून व्यवसायी मार्फत प्रो वोनो सेवा उपलब्ध गराउने, पत्रकार महासंघ र बार एशोसिएसनको समन्वयमा कानून व्यवसायीहरुको पेशागत हित प्रवद्र्धनमा सकारकात्मक सहयोग गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।

समझदारीको समयावधि तीन बर्षसम्म कायम रहने र आवश्यकता अनुसार दुुवैपक्षको समझदारीमा अवधि थप्न सकिने पनि उल्लेख गरिएको छ ।

पत्रकार महासंघ पर्साको तर्फबाट अध्यक्ष ओमप्रकाश खनाल र बार एशोसिएशनको तर्फबाट अधिवक्ता कमलमोहन पोखरेलले हस्ताक्षर गर्नुभएको छ । दुवैपक्षबीचको सम्झौता नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आज भएको थियो ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...