अजित कुमार भुजेल , बिरगंज । श्री नरसिंह माध्यमिक बिधालय पिपराका विद्यार्थीहरुकलाई २०० थान चाइनिज साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ।
बिरगंजको पिपरा स्थित श्री नरसिंह माध्यमिक बिधालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि उक्त साइकल बितरण गरिएको थियो।
अन्तर्राष्ट्रिय लभ साइकल नेपालको सुभारम्ह समारोहको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।चाइना फाउन्डेसनले आयोजना गरेको २ सय थान चाइनिज साइकल यस बिधालयमा पढ्ने छात्र छात्राहरुलाई साइकल वितरण गरिएको हो।
सो साईकल बितरण कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिकाका उप प्रमुख मेयर इम्तिया आलमको आतिथ्यमा सम्पन्न भएको हो। छात्र छात्राहरुलाई घर जान आउन कठिना भएको बिद्यार्थीहरुलाई सहज होस भन्ने उदेश्यको साथ साईकल बितरण भएको हो।
अन्तर्राष्ट्रिय साइकल प्रोजेक्टका अनुसार नेपाल देशमा नेपाली विद्यार्थीहरुको लागि १ हजार नया चाइनिज मयालु साइकलहरु वितरण गर्ने कार्यक्रम रहेको सोही कर्ममा आज २ सय थान बिरगंजको श्री नरसिंह माध्यमिक बिधालय पिपराका विद्यार्थीहरुलाई २०० थान चाइनिज साइकल वितरण कार्यक्रम सम्पन्न गरेको हो।
उक्त कार्यक्रममा शिक्षक,शिक्षिका एवम् विद्यार्थीहरु, पत्रकारको विशेष उपस्थितिमा सम्पन्न भएको हो।