सशस्त्र प्रहरी बल नेपाल प्राबिधिक तालीम शिक्षालय बारा पथलैयाको आयोजनामा रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज । २४ औँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा देशभरी विभिन्न कार्यक्रम गरी मनाईएको छ भने आज माघ ९ गते बुधबारको दिन सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय बारा पथलैयाको आयोजनामा सम्पन्न भएको हो।

उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी सशस्त्र प्रहरी बल नेपाल प्राविधिक शिक्षालयका सशस्त्र प्रहरी उपरीक्षक इञ्जिनियर सञ्जय कुमार मण्डलको प्रमुख आतित्थ्यमा सम्पन्न भएको छ।

सो आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित ५९ जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन। सो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए।

सशस्त्र प्रहरी बल नेपाल, प्राविधिक तालिम शिक्षालय बारा पथलैयाले बुधबार आयोजना गरेको कार्यक्रममा १ महिला सहित ५९ जनाले रक्तदान गरेका छन् ।

प्राविधिक शिक्षालयका सशस्त्र प्रहरी उपरीक्षक इञ्जिनियर सञ्जय कुमार मण्डलले रगत दान गरेर शुभारम्भ गरेका थिए । कार्यक्रममा प्रकाश पाण्डे, सरोज ढकाल, सीमा गुरुङ, मदन राना, राम बहादुर राई, अनिल विक, अनुज प्रसाद चौरसिया, सविन राई, पशुपति विक लगायत ५९ जनाले रक्तदान गरेका हुन ।

नेपाल रक्तसंचार केन्द्र वीरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगले सम्पन्न भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...