अजित कुमार भुजेल ,बिरगंज। रौतहटका समस्त ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरु द्वारा गौरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको छ।
सो ज्ञापनपत्रमा मेडिकल कलेज र स्वास्थ्य संस्थाहरुवाट नर्सिंग तथा अन्य स्वास्थ्यकर्मीहरुको पारिश्रमिक लगायतका सुविधामा अन्याय भएकोले सो को समाधानका लागी नेपाल सरकारको सचिव स्तरिय बैठकको मिति २०८१ /०८/२७ को निर्णय अनुसार गर्न गराउनु भनि सम्पूर्ण मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाहरुलाई पत्राचार भएको कुरा यहाँलाई आवगत नै छ ।
यसरी नेपाल सरकारले दिएको निर्देशन समेतको अवज्ञा गर्दै विभिन्न निजी स्वास्थ्य संस्थाहरुले सो निर्देशनको पालना नगरेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सो पत्रको कार्यान्वयको लागि हामी मेडिकल परामेडिकल स्वास्थ्यकर्मीहरु आन्दोलन गर्न बाध्य हुने अवस्थाको सृजना भईरहेकोले सो हाम्रो मागहरु पुरा गर्न गराउने कार्यमा यहाँको आवश्यक निर्देशन सहित आवश्यक सहयोगको लागि अनुरोध गर्दछौं ।
स्वास्थ्य मन्त्रालयको सो पत्रको फोटोकपी यसै साथ पेश गरको छौं । यहाँको आवश्यक निर्देशन सहित आवश्यक सहयोगको लागी गौरका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध समेत गरिएको एवम् स्वास्थ्य मन्त्रालयको पत्रको फोटोकपी लगायतकाहरु ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुको टोलिद्वारा गौर प्रजिअ लाई बुझाईएको थियोे।