प्याब्सन पर्साद्वारा संचालित प्याब्सन प्रि – एसइई परिक्षाको आज दोस्रो दिन

Date:

अजित कुमार भुजेल , बिरगंज । आज दोस्रो दिन बिरगंजमा निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन प्याब्सनद्वारा सन्चालित प्याब्सन प्रि–एसइई परीक्षा २०८१  देशभर शुरु भएको छ । प्याब्सन केन्द्रले सन्चालन गरेको सो परीक्षा अन्तर्गत आज दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा सन्चालन भईरहेको छ ।

प्याब्सन पर्साले पनि पर्सा जिल्लामा सोही अनुसार परीक्षा सन्चालन गरेको प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीका अनुसार आज दोस्रो दिन भएको प्याब्सन प्रि–एसइई परीक्षा २०८१ मा पर्साका ३७ विद्यालयका १२ सय ७४ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

एसइईको तयारी स्वरुप प्याब्सन प्रि एसइई परीक्षा सन्चालन गरिएको प्याब्सन पर्साका पुर्व केन्द्रिय सदस्य एवम् समाजसेवी प्रकाश उपाध्यायले जानकारी दिएका थिए । पर्सामा पाँच परीक्षा केन्द्र तोकेर परीक्षा सन्चालन भइरहेको छ । साउथ जोन मावि, सिद्धार्थ नेशनल स्कूल, गोल्डेन फ्युचर मावि, मुनलाईट मावि र वीरगञ्ज पब्लिक इंग्लिस स्कुलमा तोकिएका परीक्षा केन्द्र मार्फत परीक्षा सन्चालन भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...

विपन्न परिवारको बिहेवारीमा सहयोग : जगरनाथपुरमा खाद्यान्न वितरण

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५...