अजित कुमार भुजेल , बिरगंज।सीजीमोटर्सले आज बिरगंजको घन्टाघरमा एक्स्ट्रिम सिरिज अन्तर्गत दूई नयाँमोटरसाइकलहरु, एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभीबारको क्षेत्रिय ग्रान्ड लन्चिङ्ग गरेको छ।
सीजीमोटर्सद्वारा बिरगंज स्थित आफ्नो आधिकारिक विक्रेता, रोहित इन्टरप्राईजेजले एक भव्यकार्यक्रमको आयोजना गर्दै नयाँ मोटरसाइकलहरुको रिजनल लञ्च कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको हो।
रोहित इन्टरप्राईजेजका संचालक बब्लु कलवारको अध्यक्षतामा एवम् नयाँमोटरसाइकलहरु सार्वजनिक गर्न आयोजित उक्त कार्यक्रममा मुख्य अतिथि विरगंज उधोग बाणिज्यसंघका अध्यक्ष अनिल अग्रवालको आतिथ्यमा सम्पन्न भएको छ भने विशिष्ट अतिथिमा हरी गौतम,नेपाल पत्रकार महासङ्का अध्यक्ष ओम प्रकाश खनाल,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह,जनमत पार्टीका युवा नेता ओमप्रकाश सरार्फ , मधेश पत्रकार समाजका मनोज मिश्र, पत्रकार अभिलास गुप्ता,जसपाल सिंह लगायतका विशिष्ट ब्यक्तिहरुको।उपस्थिति रहेको थियो। साथै कार्यक्रममा गायक निशान भट्टराई लगायत अन्य कलाकारहरुको रोमाञ्चक परफरमेन्स पनि रहेको थियो ।
हीरो मोटोकर्पले एक्स्ट्रिम रेजमार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन-आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएको छ।
एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयां ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ। एक्स्ट्रिम १६० आर फोरभी प्रो को मूल्य रु. ३,८४,९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि रु. २,८९,९०० र एबीएस भेरियन्टका लागि रु.३,११,९०० तोकिएको छ।
सार्वजनिक यी दुवै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लसमोटरसाइकलहरू रजुम ११० स्कूटरसँगै असेंम्बन गरिएको कम्पनीले जानकारी दिएको छ।
हीरो मोटरसाईकल तथा स्कूटर 2W नेपालको प्रतिष्ठीत तथा लोकप्रिय बाण्डमा गनिन्छ। कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा वलियों पकड़ जमाएको छ चौधरीग्रुप, नेपालको एक प्रतिष्ठित व्यवसायिक समूह, हीरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो। १ सय ६० भन्दा बढी कम्पनी संचालन गर्ने यस समूहसंग, १५,००० भन्दा वढी कर्मचारीहरूको बलियो टिम र १ सय २३ ब्रान्डहरू रहेका छन्।