अजित कुमार भुजेल , बिरगंज । कृषि बिकाश बैंक लि.कर्मचारी संघ बिरगंज प्रदेश समितिद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
उक्त रक्तदान कार्यक्रम बिरगंजको चिनीमिल स्थित प्रदेश समिति कार्यालयमा सम्पन्न भएको हो।
सो आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित १९ जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन। सो रक्तदान गरेको नेपाल रेडक्रस बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए। रक्तदानको महत्वका बारेमा रक्तदान गर्न सबैलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा सुनिता जैसवाल,कल्पना उप्रेती, पुरन चौधरी,सुदर्शन अधिकार,पपु यादव,राजु साह लगायतकाले रक्तदान गरेका हुन ।
नेपाल रक्तसंचार केन्द्र वीरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगले सम्पन्न भएको थियोे ।