अजित कुमार भुजेल , बिरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिरगंज बारा पर्साको बिभिन्न खाद्य वस्तु उत्पादन गर्ने उधोग , होटेल , रेष्टुरेन्ट तथा खाद्य बजारमा खाद्य स्वच्छता कामय गर्ने अहंम जिम्मेवारी लिएर बसेको सरकारि कार्यालय हो |
वर्तमान कार्यालय प्रमुख आएदेखि अरु नियामक निकाय र सरोकार वालाहरुसंग हातेमालो गर्दै अगाडि बढनुको साटो खाद्यवस्तुको अनुगमन गर्ने म मात्र जिम्मेवार हो ,अरु निकायले हस्तक्षेप गर्न र सल्लाह दिन जरुरि छैन । म जे ठिक ठान्छु त्यो गर्छु भन्ने मानसिक्ता बोकेर हिडदा बिरगंज बजार दिन प्रतिदिन अस्वस्थकर र गुणस्तरहिन खाद्य वस्तु बिक्रि बितरणका लागि स्वर्ग बन्दैछ भने आफै अनुमान लगाउनुस ग्रामिण भेगका बजारहरुको अवस्था के होला ? अरु जिल्लामा सिमित साधनस्रोतको वाबजुत त्यहि निकायले राम्रो बजार अनुगमन र नियमन गर्न सक्ने तर पर्सा बारामा जनशक्ति थप हुदा पनि छ्यापछ्याप्ति खाद्य अनुमतिपत्र बेगरकै उत्पादन भएर बिक्रि बितरण भैरहदा समेत किन अनुगमन गरेर नियन्त्रण र कार्वाहिको दायरामा ल्याउने काम गरिदैन ? यसको पछाडि भागशान्तिको कारण हो भनेर आम उपभोक्ता गुनासो गरिरहेका छन।
यसलाई बल पुग्नेगरि वहाँले नै हाक्का हाक्कि भन्ने गर्नुभएको छ।आज सम्म कतिजना अस्वस्थकर र गुणस्तरहिन खाद्यवस्तु खाएर मानिस मरेका छन र कुन निकायमा उजुरि गरेका छन।यसबाटै बुझ्न सकिन्छ वहाँ आफ्नो पदिए जिम्मेवारि कसरि वहन गर्दै हुनुहुन्छ।
जागिर खाएको १५ / १६ वर्ष एउटै जिल्ला सप्तरिमा कार्यरत रहदा त एउटा सानो बजारमा उत्पादन भएर बिक्रि बितरण भैराखेको बरमझियाको पेडाको त गुणस्तर कस्तो छ । सो बाटो भएर हिडने जो कोहि उपभोक्ता भुक्तभोगी नै छन के बिरगंज र सो आसपासका बजार लाई पनि बरमझिया बनाउन खोजिएको हो ? उपभोक्ता शिक्षाका नाममा आएका बजेट काहाँ कसरि खर्च गरियो वा भयो कसैलाई जानकारि समेत छैन किन आम उपभोक्तालाई सुसुचित हुने अधिकार छैन ? बिरगंजको खाद्य बजार सप्रिनुको साटो दिनप्रतिदिन ओरालो बाटो लाग्दैछ, यसको जिम्मेवारी कसले लिने ? नियमन र अनुगमनको जिम्मा ( ठेक्का ) लिने कार्यालयको वा दिनरात नभनि मरेर काम गरिरहेका विभागमा डिजि लगायत टिम को ? वा अरु जिल्लामा कार्यरत खाद्य निरिक्षकहरुको , विभागमा रहेका वर्तमान महानिरिक्षक नियुक्ति भएको ३ / ४ महिना मै ४/५ वर्ष देखि थन्क्याएर राखेको खाद्य परिक्षण भ्यान ( फुड ल्याव ) भ्यान संचालनमा ल्याएर रातदिन नभनि काम गरिरहेका छन । गढिमाई मेला कै ईतिहासमा पहिलो पल्ट खाद्य परिक्षण भ्यान पठाएर स्राहनिय कार्य गर्दछन । कहिले नाका नाकामा फलफुल र तरकारी परिक्षण गराएर उपभोक्ताको वाह वाहि र साथ पाईराखेका छन। समय छदै महानिरिक्षक ज्यू र विभागको ध्यान जान जरुरि छ।नत्र चिडिया चुङगईल खेत ! अब पछताई का होई भन्ने उखान चरितार्थ हुन धेरै दिन लाग्ने छैन।जति राम्रो अरु जिल्लामा काम भएपनि पर्सा बाराको ठुलो बजार बिग्रिदा त्यसको असर देशव्यापि पर्नेछ।
बजारको यस्तो दुरावस्ता र आफ्नो उपभोक्ता प्रतिको जिम्मेवारी ख्याल गर्दै उपभोक्ता हित संरक्षण मञ्च पर्साले सम्बन्धित कार्यालयलाई जवाफदेहि बनाउन र खबरदारि गर्न शुक्रवार कानुनि अधिकार प्रयोग गर्दै सूचनाको हकको लागि ६ बुन्दा मार्फत सूचना माँग गरेको छ।