अजित कुमार भुजेल , बिरगंज । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साले स्व. मुकुन्द प्रसाद खनालको १७ औं स्मृति दिवसको अवसरमा आज बिरगंज स्थित मानवसेवा आश्रममा आश्रित ५० जना आमाबुवा बालबालिकाहरुलाई बिहानको खाना सप्रेम खुवाएको छ।
सो अवसरमा अध्यक्ष मुना खनालले दिप प्रज्जवलित एवं शैक्षिक सहिद मुकुन्द खनालको तस्वीरमा फुलमाला अर्पण गरि समुद्घाटन गर्नु भएको थियो।
शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षतामा एवम् यस संस्थाका वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा मानवसेवा आश्रमका अभिभावक प्रकाश थारु , मुना मगर , ज्ञानदा एकेडेमिका प्रधानाध्यापक राजेन्द्र कोइराला , प्रतिष्ठानका सचिव लाल बाबु सिंह,सल्लाहकारद्वय प्राध्यानाध्यापकद्वय प्रभु रौनियार,जय कुमार दनुवार, सदस्यहरू शान्ति माली,नवराज भट्टराई, श्रवण रायमाझी,अभिलास गुप्ता,पवन श्रेष्ठ ,सुभास भट्टराई,छवि सिंहको उपस्थिती रहेको थियो।
सो अवसरमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष पदमा निर्वाचित प्रतिष्ठानका सल्लाहकार ओम प्रकाश खनाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
प्रतिष्ठानका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्यायका भनाइ अनुसार शैक्षिक सहिद मुकुन्द प्रसाद खनालले आफ्नो कर्मभुमी वीरगन्जलाइ बनाउदै ठाकुरराम क्याम्पसमा अध्यापन गराउदै असंख्य बिद्यार्थीहरुलाई शिक्षाको ज्योती फैलाउदै सामाजिक सेवाको दिप प्रज्जवलित गर्दै गर्दा असमयमै हामिबाट टाढा जानू भएकोले उहाले सोचेका र बाकी रहेका सपनाहरु चाहे त्यो शिक्षा क्षेत्रको साथै स्वास्थ्य लगायत सामाजिक सेवाको गुणस्तरीय सेवा सहयोग प्रदान गर्ने प्रतिष्ठानले जमर्को गरेको र विभिन्न समयमा दिन दुखी असहायको सेवा सहयोगमा सेवारत रहेको र आगामी दिनमा पनि सबैको साथ सहयोगमा अझ बढी सेवा जारी रहने बताउदै सम्पुर्णलाई हातेमालो गर्न हार्दिक आग्रह गर्नु भएको छ ।
सो अवसरमा अध्यक्ष खनालले मानवसेवा आश्रममा असहायहरुको सेवा सहयोग गुणस्तरीय रुपले गरेको देख्दा आफु निकै खुशी र थप राम्रो कार्य गर्न प्रेरणा पाएको बताउदै सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिदै भविष्यमा थप प्रभावकारी सामाजिक कार्यहरू गर्दै स्व. खनाल सरको सपना प्रतिष्ठानले साकार पार्न सकृय रूपमा अगाडि बढाउने प्रतिवद्धता गर्नु भयो।
कार्यक्रममा स्वागत मन्तव्य एवं सहजीकरण प्रतिष्ठानका सचिव लाल बाबु सिंहले गरेका थिए।