नेकपा एमाले पर्साको क्षेत्रीय कमिटी १,२ र ४ को बैठक सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । नेकपा एमालेको पर्सामा एकै दिन ३ वटा क्षेत्रको क्षेत्रीय बैठक बिहीबार सम्पन्न भएको छ।

क्षेत्रीय समन्वय कमिटी क्षेत्र न १ ,२ र ४ को बैठक सम्पन्न भएको हो । पर्सा क्षेत्र न. १ को बैठक क्षेत्रीय संयोजक मानदेव हजरा, क्षेत्र न. २ को बैठक क्षेत्रीय संयोजक मनोज कुमार कुशवाह र क्षेत्र न. ४ को बैठक क्षेत्रीय संयोजक मदिस मियाँको अध्यक्षतामा भएको हो ।

बैठकमा केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, के. स. तथा क्षेत्र न. १ र २ को इन्चार्ज निर्मला देवकोटा,  के. स. तथा क्षेत्र इन्चार्ज अरबिन्द सिंह, सल्लाहकार परिषद् सन ३ का सदस्य जालिम मियाँ , जिल्ला उपाध्यक्ष मनोज गुप्ता, सचिव महेश दास, उपसचिव सिता लामा लगायतले पार्टी संगठन विस्तारबारे मन्तव्य राख्नु भएको थियो ।

बैठकले पालिका अधिवेशन जिल्ला कमिटीले तोकेको समयसिमा भित्र गर्ने निर्णय गरेको जिल्ला सचिव महेश दासले जानकारी दिनु भएको छ । पर्साको सबै स्थानिय निकायको अधिवेशन गर्ने निर्णय पछि क्षेत्रीय कमिटी र पालिका कमिटीहरुले तयारी सुरु गरि सकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...