अजित कुमार भुजेल , बिरगंज । संघीय हिन्दु लोकतन्त्र प्रमुख एजेन्डा सहित राष्ट्रिय समता पार्टी नेपाल घोषणा भएको छ ।
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा शनिबार शयौको समर्थकहरुको उपस्थितीमा पार्टी घोषणा गरिएको हो । अयोध्यामा रहेको मन्दिर प्राण प्रतिष्ठाको प्रथम वार्षिकोत्सवको अवसरमा दुर्गा भगवती गाउँपालिकाको वडा नं.२ भलोहिया श्रीराम जानकी मठ परिसरबाट उल्लासमय वातावरणमा निकालिएको बृहत शोभा यात्रा पश्चात् पार्टी घोषणा भएको पार्टीका महासचिव डा.अभिषेक तिवारीले जानकारी दिनु भयो ।
पार्टीका राष्ट्रिय अध्यक्ष विजय प्रकाश निषादको प्रमुख आतिथ्य तथा पार्टीका पालिका अध्यक्ष धर्मेन्द्र महतोको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विशाल झा, महासचिव डा.अभिषेक तिवारी, केन्द्रीय प्रवक्ता अधिवक्ता रणवीर कुशवाहा, केन्द्रिय प्रशिक्षण विभाग प्रमुख पं. श्रीनन्दन भारद्वाज, मधेस प्रदेश अध्यक्ष विवेक शाह कानु, पार्टीका केन्द्रीय सदस्यहरू, पार्टीका रौतहट जिल्ला प्रेस विभाग प्रमुख उमेश सरार्फ एवं साधुसन्त महात्माहरु समेतको बृहत उपस्थितीका बिच राष्ट्रिय समता पार्टी नेपालको घोषणा गरिएको महासचिव डा.तिवारीले जनाएका छन ।