स्व. गोपाल गिरि स्मृति कृयाशिल पत्रकारिता पुरस्कार यस बर्ष फोटो पत्रकार पंकज श्रेष्ठलाई प्रदान गर्ने

Date:

अजित कुमार भुजेल , बिरगंज । हरेक बर्ष प्रदान गर्दै आईरहेको  स्व.गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार  यस बर्ष पर्साका फोटो पत्रकार पंकज श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा कार्यसमिति को आइतवार बसेको बैठकले दुई दशक भन्दा लामो समय देखि पत्रकारितामा सकृय रहेका कान्तिपुर टेलिभिजनका क्यामरा पर्शन एवंम फोटो पत्रकार मधेस प्रदेशका अध्यक्ष श्रेष्ठलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा बसेको बैठकले आउने माघ १ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको महासंघका सचिव बिजय महतोले जानकारी दिनुभयो । 

नेपाल पत्रकार महासंघ पर्साले हरेक वर्ष माघ १ गते स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । 
महासंघका पूर्व अध्यक्ष एवम् बिरगंजका पुर्व मेयर समेत रहेका गोपाल गिरीको स्मृतिका अवसरमा हरेक वर्ष यो पुरस्कार प्रदान गरिदै आएको छ । यस वर्ष यो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ । 

त्यसैगरि आजको बैठकले नेपाल बार एशोसिएशनसँग समन्वय गरि सम्झौता गर्ने पनि निर्णय गरेको सचिव महतोले जानकारी दिनुभयो । उनका अनुसार पत्रकारहरुलाई समाचार लेखेकै कारण आउने समस्याहरुका बारेमा कानुनी सहायता र परामर्शका लागि बारसँग सम्झौता गर्ने निर्णय भएको हो । 

साथै पर्सेलि पत्रकारहरुको  क्षमता अभिबृद्धि र बिकासको लागि सरोकारवालाहरु सङ्ग समन्वय र सहकार्य गरि तालिमको व्यवस्था समेत गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सकारात्मक सोच , बिश्वास र मानवताले जिवनलाई सहि दिशा दिन्छ : बिमल सरार्फ

पर्सा पोस्ट, असार १० गते, रक्सौल (पूर्वी चम्पारण)। सामाजिक कार्यकर्ता...

बिरगंज महानगरपालिकाको २० औं अधिवेशनमा ४ अर्ब ४२ करोडभन्दा बढीको बजेट प्रस्तुत

पर्सा पोस्ट, असार १० गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको २०...

सकारात्मक सोच , विश्वास र मानवीय गुणले जीवन सफल बन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , असार ०९ गते , रक्सौल, पूर्वी...