लायन्स क्लब अफ बिरगंज सेन्ट्रल सिटि र लायन्स क्लब प्रभुको सन्युक्त आयोजनामा निसुल्क आखा चेकजाच

Date:

अजित कुमार भुजेल , बिरगंज । लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटि र लायन्स क्लब प्रभुको सन्युक्त आयोजनामा निसुल्क आँखा चेकअफ शिविर सम्पन्न भएको छ।

सो शिविर बिरगंज वडा नम्बर १५ भीष्वा स्थित नवदिप एकेडमी स्कुलमा सम्पन्न भएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथी भाईस डिस्टिक गभर्नर लायन  राम बिहारी पाण्डेको आतिथ्य एवं डा.लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।

सो कार्यक्रममा लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिका उपाध्यक्ष सुशिला साह ,सचिव देवन्ती साह ,  कोषाध्यक्ष कविता खडका ,प्रभुका अध्यक्ष लायन दिगम्बर गुप्ता ,लायन नरोतम पाण्डे,लायन भुशन प्रसाद गुप्ता लगायतकाहरुको उपस्थिति रहेको थियोे।

सो शिविरमा किरण आँखा अस्पतालका प्राविधिक गुडिया महतो,कबिता पोखरेल ,राज कुमार भण्डारीको विशेष उपस्थिति रहेको थियोे।

सो शिविरमा नवदिप एकेडमी स्कुलका पि.जी.देखि ८ कक्षा सम्मको स-साना विद्यार्थीहरुको आँखाको चेकअफ गरिएको थियोे भने उक्त चेकमा ६ सय  जना विद्यार्थीहरु मधे ५० जना विद्यार्थीहरुको आँखामा समस्या देखिएको थियो। समस्या भएको विद्यार्थीहरुलाई अस्पतालमा बोलाइएको थियो भने अरु विद्यार्थीहरुलाई सामान्य समस्या एवम् एलर्जी भएको थियोे र  उनिहरुलाई निशुल्क आई.डरप दिईएको थियो।

उक्त कार्यक्रममा नवदिप एकेडमी स्कुलका संचालिका सुशिला साह एवम् संचारकर्मीहरु लगायतको सहभागीता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...