थारु समुदायको माघि ( खिचडि ) पर्व तथा नया बर्ष २६४९ को सम्पुर्ण तयारीबारे पत्रकार सम्मेलन

Date:

थारू समुदायले पनि  यसबर्ष बिरगंजको आदर्शनगरस्थित स्विमिङ्ग पुल परिसरमा थारू नयाँ वर्ष २६४९ भव्य रूपमा मनाउने भएको छ ।

बिरगंज वडा न.५ स्थित थारू छात्रावासमा आइतबार माघि मूल समारोह समिति बिरगंजले पत्रकार सम्मेलन गरेर कार्यक्रमकाे बारेमा जानकारी दिएकाे थियो  ।

कार्यक्रमकाे बारेमा जानकारी दिदै थारू कल्याणकारी सभाका केन्द्रीय पार्षद नन्दकिशोर पञ्जियारले हरेकबर्ष मनाउदै आएकाे थारू सम्वत २६४९ काे माघी अर्थात खिचडी यस बर्षपनि भव्य रूपमा मनाउने तयारी गरिएको जानकारी दिए ।

विगतमा जस्तै यस बर्षपनि माघ १ गते घण्टाघरबाट थारू समुदायको भेषभूषा तथा झाँकी सहितकाे -याली नगरकाे मुख्य सडकबाट आदर्शनगर चाेक हुँदै स्वीमिङ पुलमा पुगेर कार्यक्रमकाे आयाेजना गरिने जानकारी पञ्जियारले दिए । उनले यसबर्ष माघीकाे अघिल्लो दिन पावरहाउसबाट माेटरसाईकल -यालीकाे समेत आयाेजना गर्ने भएको बताए ।

गतबर्ष आदर्शनगर स्थित पूरानाे बसपार्कमा आयाेजना गरिएको कार्यक्रम यसबर्ष पुनःपहिले गर्दै आएको स्वीमिङ पुलमा नै आयाेजना गरिने आर्थिक व्यवस्थापन संयाेजक परमानन्द चाैधरीले बताए ।

परमानन्द चाैधरीकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फाेनिज मधेस प्रदेश इञ्चार्ज निरज पिठाकाेटे मगर, प्रकाश थारू फाउण्डेशका प्रकाश थारू, किरात राई यायाेक्खाका केन्द्रीय सदस्य जगत राई , नेपाल पत्रका महासंघ पर्साका सदस्य अजित कुमार भूजेल, थारू पत्रकार संघका अध्यक्ष शम्भु महताे थारू, थारू छात्रावासका अध्यक्ष शेखर चाैधरी लगायतको उपस्थिति रहेकाे थियाे सो कार्यक्रमकाे सहजीकरण मेलमिलाप थारू परिवारका मनाेज चाैधरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...