ग्रिनसिटि सामुदायिक सेवा केन्द्रले चिसोबाट बच्नको लागि २०० कम्बल बिपन्न समुदाय , गरिबलाई बाड्यो

Date:

अजित कुमार भुजेल , बिरगंज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्सा विरगंज महानगरपालिका वडा न १० आदर्शनगर ग्रीनसिटी समुदायिक सेवा केन्द्रको प्राङ्गणमा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा रुङ्ग्टा वेलफेयर सोसाइटी विरगंज पर्साको संयुक्त आयोजनामा विरगंज महानगरपालिका एरिया भित्र रहेका विपन्न समुदायका मानिसहरू ,जेष्ठ नागरिक ,बालबालिकाहरु  तथा  अल्पसंख्यकहरू समेतलाई शितलहरकाे कारण जाडो तथा चिसोलाई मध्य नजर राख्दै राहत स्वरूप न्यानो कम्बल निःशुल्क वितरण गरियो ।

न्यानो कम्बल बितरण कार्यक्रमका प्रमुख अथिति जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख  जिल्ला अधिकारी गणेश अर्याल  तथा ग्रिनसिटि सामुदायिक  सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको सो कार्यक्रममा रुङ्ग्टा वेलफेयर सोसाइटीका सुरेश रुङ्ग्टा , समाजसेबि मुरलिधर रुङ्ग्टा , सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल , सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र बहादुर सुब्बा , नरेन्द्र सिंह धामि , प्रहरी नायब उपरीक्षक किशोर लम्साल , प्रहरी निरीक्षक निरोज चौलागाईं , नागरीक समाज, समाजसेबि ,  बुद्धिजीवीहरु , जनप्रतिनिधिहरु , बिभिन्न संघ संस्था,  सरकारी गैर सरकारी कार्यालयका पदाधिकारिहरु ,संचारकर्मीहरु तथा  केन्द्रका पदाधिकारिहरुको उपस्थितमा न्यानो कम्बल २०० थान निःशुल्क बितरण  गरिएको अध्यक्ष खेतानले जानकारी दिनुभयो ।           

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...