अजित कुमार भुजेल , बिरगंज । जन सेवा सामाजिक संस्थाले आज
जगरनाथपुर गापा वडा न. ४ बिर्ता टोलमा अघ्ययनरत दलित बाल वालिकाहरुलाई ४५ थान सुइटर र टोपी वितरण गरेको छ।
राज होजियारीको सहयोगमा जाड़ोलाइ मघ्यनजर गरी ती दलित बालबालिकाहरु लाई सहयोग ग़रीएको संस्थाका अध्यक्ष बृजेश्वर चाधरीले बताए।
कार्यक्रममा संस्था अध्यक्ष बृजेश्वर चौघरी , सदस्य शुभावती देवी,स्थानीय सन्तोष कुमार राम,सरोज प्रसाद रौनियारको साथै यि बालवालिकाहरुलाइ ट्यूशन पढ़ाउने गरेकी शिक्षिका शिवरति देवी राम लगायतको पनि उपस्थिति रहेको थियो।