संगठनको निति र निर्णय बिपरित गतिविधिमा संलग्न रहेको आरोपमा पर्साका पत्रकार अनुप तिवारिलाई ५ बर्षको लागि साधारण सदस्य नरहने गरि निष्काशन

Date:

अजित कुमार भुजेल , बिरगंज ।  प्रेस चौतारी नेपालले संगठनको नीति र निर्णय विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा चार पत्रकारलाई प्रेस चौतारी बाट पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारीका उम्मेदवार विरुद्ध सक्रिय भएको भन्दै पर्साका अनुप तिवारी, बाकेका रूद्र सुवेदी, सिन्धुपालचाेकका दिनेश थापा र एशाेसिएट प्रदेशका मनुका कुँवरलाइ कार्वाही गरिएको जनाएकाे छ।

चाैतारीकाे बैठकले निर्णयमा विरोधी संगठनको योजना अनुसार उम्मेदवार बन्ने, संगठनको निर्णय विरुद्ध लाग्ने र नेतृत्वलाई सामाजिक सञ्जालमा आपत्तिजनक आक्षेप लगाउने लगायतका अनुशासनहीन र विद्यान विरोधी काम गरेको अभियोग प्रमाणित भएकाले कार्वाही गरिएको भनिएको छ ।

त्यस्तै, महासंघको निर्वाचनमा संगठनको निर्णय विपरीत उम्मेदवारी दिएका प्रस्तावक र समर्थकलाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय चौतारी केन्द्रीय कमिटीको बैठकले गरेको छ ।

बैठकले संगठनको स्थापना दिवसका अवसरमा प्रदान गरिने हृदयचन्द्रसिंह प्रधान र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारसहित अन्य पुरस्कारहरूका लागि सिफारिस गर्न वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

यसैवर्ष महिला पत्रकारलाई प्रदान गर्न स्थापना गरिएको प्रेस चौतारी राष्ट्रिय महिला पत्रकारिता पुरस्कार सिफारिस गर्न उपाध्यक्ष देवीका घर्तीमगरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

प्रेस चौतारीले संगठनको अनुशासन सुदृढ गर्न कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । संगठनले आगामी दिनमा आफ्नो गतिविधि र निर्णयलाई अझ प्रभावकारी बनाउँदै जाने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

प्रयास , धर्म र बिश्वासले सफलता सुनिश्चित गर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट । असार १० गते । रक्सौल, पूर्वी...

सकारात्मक सोच , बिश्वास र मानवताले जिवनलाई सहि दिशा दिन्छ : बिमल सरार्फ

पर्सा पोस्ट, असार १० गते, रक्सौल (पूर्वी चम्पारण)। सामाजिक कार्यकर्ता...

बिरगंज महानगरपालिकाको २० औं अधिवेशनमा ४ अर्ब ४२ करोडभन्दा बढीको बजेट प्रस्तुत

पर्सा पोस्ट, असार १० गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको २०...