प्रेस सेन्टर नेपालको छैठो अधिवेशनले शिबनाथ यादवको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतबाट निर्वाचित

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रेस सेन्टर नेपाल पर्साको १८ औं
साधारणसभा तथा छैठौँ अधिवेशन आज बिरगंज स्थित होटल क्लासिक  ब्यन्केटमा  सम्पन्न भएको छ  ।

सो अधिवेशनबाट सर्वसम्मतिबाट शिवनाथ यादवको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको  छ । सो समितिको उपाध्यक्षमा कृष्णमोहन साह , महिला उपाध्यक्षमा समिना रञ्जितकार , सचिवमा अजित कुमार  भुजेल, सहसचिव बिदुर गौतम र रञ्जित यादव , कोषाध्यक्षमा संजित गिरी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा रितेन्द्र झा (रितेश) , दिपेन्द्र साह , माधव तिमल्सिना , बलिराम यादव, प्रणय साह, आनन्द साह, मेघराज राय थारु, बिशाल पटेल, संजोग गिरी र सन्तोष कुशवाहा निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि  प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोबिन्द देवकोटाले पत्रकारहरुको हकहितमा काम गर्ने र उनीहरुलाई पत्रकारीता क्षेत्रमा अब्बल बनाउने एक मात्र संगठन प्रेस सेन्टर रहेको दाबी गरे ।

हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट पर्सामा आफ्नो पार्टीको उम्मेदवार बिजयी भएको स्मरण गराउँदै उनले आगामी दिनमा यहाँबाट अब्बल पत्रकार उत्पादन गर्ने र पत्रकार महासंघ पर्साले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू बिश्वत रहेको भन्दै अबको दिनमा पर्सेली पत्रकारहरुले शिर ठाडो गरि हिडने र अनुभुती पाउने दिन आईसकेको बताउदै पत्रकार हकहितको लागि राम्रो काम गर्दा अप्ठ्यारा समस्या आउने हुदा त्यसबाट पछाडि नहटी काम गर्न नेपाल पत्रकार महासंघ पर्सा अध्यक्षलाई आग्रह गर्दै यसमा हाम्रो साथ सहयोग सधै रहने बताउनु भयो ।

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षता भएको सो
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्र , प्रदेश र जिल्लाबाट निर्वाचित पदाधिकारी , सदस्य र पार्षदहरुलाई सम्मान गर्नुको साथै प्रेस सेन्टर नेपाल पर्सामा प्रवेश गर्ने नवप्रवेशीहरुलाई प्रमुख अतिथि गोविन्द देवकोटाले अबिर , माला लगाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा केन्द्रबाट निर्वाचित सचिब अशोक तिवारी , लेखा समिति संयोजक केसि लामिछाने , प्रेस सेन्टर नेपालका केन्द्रिय सचिब राजु बिश्वकर्मा , केन्द्रिय सदस्य निरज पिठाकोटे मगर , केन्द्रिय प्रतिनिधि सन्तोष पौडेल ,  नेकपा माओवादिका केन्द्रिय सदस्य बिजय महतो , नेपाल पत्रकार महासंघ मधेश  प्रदेश अध्यक्ष श्याम बन्जरा , सचिब दिपक गौतम , पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल , प्रेस युनियन पर्साका अध्यक्ष बिजय महतो , प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भन्डारी , समाजवादी प्रेस संगठनकाका पर्सा अध्यक्ष सम्भु कुमार सुमन लगायत प्रेस सेन्टर नेपालका प्रदेश सचिब मुनेश लायो मगर , सदस्य अशोक कुमार श्रीवास्तव , जिल्ला कार्य समितिका पदाधिकारी , सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

स्वागत मन्तव्य प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य एवं पर्सा ईन्चार्ज निरज पिठाकोटे मगरले र कार्यक्रम सन्चालन जिल्ला सचिब शिवनाथ यादवले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...