जाडो सुरु भएसङ्गै बिरगंज कपडा बैंकले बाड्यो छ्पकैयामा ५५० पिस कपडा

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज कपडा बैंकले बिरगंजको छपकैया वडा न.१ र २ वडामा रहेका दलित ,  बिपन्न र दैनिक ज्यालादारीमा काम गर्दै आएका गरिब , असक्तलाई शनिबार दिउसो नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न  गरेको छ।

बिरगंज कपडा बैंकले  प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय बिरगंज वडा न. ८ बाट गरीब असहायलाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शनिबार बिरगंज  महानगर पालिकाको वडा १ र २ मा अवस्थित शान्तिटोलमा नया पुराना गरि करिब ५५० थान कपड़ा वितरण गरिएको सचिव कन्हैया पटेलले जानकारी दिनु भयो ।

बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि ,सल्लाहकारद्वय अधिवक्ता प्रकाश उपाध्याय,ओम प्रकाश सरार्फ , बिरगन्ज महानगर पालिका वडा न. २ का महिला वडा सदस्य संगीता थापा भुजेल ,रम्भा देवि, महमद बसिर मिया हजाम , वडा न. १ का महिला  वडासदस्य रमावती देवि ,सामुदायिक  प्रहरी सेवा केन्द्र छपकैया वडा न.२ का  अध्यक्ष ग्यासुदिन ठकुराई, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी,सामुदायिक प्रहरी छपकैयाका असई बृजभूषण पाण्डे ,हवल्दार अभय प्रसान्त झा , छपकैया नेपाली समाजका सचिव एवं पत्रकार अजित कुमार भुजेल , समाजसेवीहरु राजेन्द्र भट्टराई ,बृज किशोर प्रसाद कलवार , पारस पासवान, एवं बैंकका सदस्यहरु निला कुमारी राम, नवराज भट्टराई , अभिलाष गुप्ता , कन्हैया पटेल र कर्मचारी शोभा देवि लगायतको सहभागिता रहेका थिए ।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहायको सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ६ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरुलाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडाको साथै अन्य सहयोग पुर्याएर सेवा गर्दै आइरहेको छ ।

हामी सम्पुर्णले आआफ्नो आम्दानिको ५ देखि १०% रकम समाजिक सेवामा दिन दुखी असहायको सेवा सहयोगमा खर्चिनु पर्ने बानी बसाल्न आग्रह गर्नु हुँदै वीरगन्ज कपडा बैंकको नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्ण दाताहरु सुभेच्छुकहरु, सन्चारकर्मिहरु , संस्थाका सल्लाहकारहरु ,पदाधिकारी सदस्यहरु लाई हार्दिक आभार प्रकट गर्नु भएको थियो ।

सो अवसरमा अध्यक्ष सिंहले बढदो जाडोले गर्दा गरिब असहायको जीवन कष्टकर हुँदै जाने भएकोले हामी संग धेरै छ भने आफनो आसपासका दिन दुखी असहाय को सेवा गर्न आग्रह गर्दै वीरगन्ज कपडा बैंक मार्फत सेवा सहयोग गर्ने मानवताप्रेमी सम्पुर्ण दाताहरुलाइ हार्दिक आभार व्यक्त गर्दै आजको निशुल्क कपडा वितरण कार्यक्रममा सहयोगि हातहरुलाइ धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...