समाचार लेखेको आधारमा पत्रकार जियालाल साहलाई धम्कि दिनेलाई कार्वाही गर्न नेपाल पत्रकार महासंघको माग

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल पत्रकार महासंघ पर्साले सिधाकुरा डट कमका पर्सा संवाददाता जियालाल साहलाई धम्की दिनेलाई कारबाही गर्न माग गरिएको छ ।

पत्रकार महासंघ जिल्ला शाखा पर्साले शुक्रबार एक विज्ञप्ति जारी गर्दै समाचार लेखेको आधारमा साहमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको हो ।

एमाले नेताको विवादास्पद पृष्ठभूमिबारे समाचार लेखेको भन्दै साहलाई एमाले कार्यकर्ताले कालोमोसो दल्ने धम्की दिएका थिए । सो बारे साहले नेपाल पत्रकार  महासंघ पर्सा जिल्ला शाखामा लिखित जानकारी गराएका थिए ।

‘समाचार लेखेको बहानामा पत्रकार साहविरुद्ध सामाजिक सञ्जालमा फोटो नै राखेर धम्कीपूर्ण स्टाटस लेख्नु लेख्न लगाउनु आपत्तिजनक छ,’ महासंघ जिल्ला समित पर्साका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ राजनीतिक देखि राज्यका निकायहरूले सञ्चारकर्मीप्रति देखाइरहेको बदनियतपूर्ण व्यवहारलाई महासंघले नजिकबाट नियालिरहेको छ’ जिल्ला समिति पर्साले समाचारमा चित्त नबुझे कानुनी उपचारको बाटोबाट विवाद समाधान गर्न सकिने भन्दै धम्की र त्रासको वातावरण अन्त्य गर्न पनि माग गरेको छ।

सिधाकुरा डटकममा पुस १८ गते साहले ‘आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास’ शिर्षककाे समाचार लेखेका थिए।

सो समाचारलाई लिएर एमालेका कार्यकर्ताहरूले सम्वाददाता साहलाई फोन र सामाजिक सञ्जाल मार्फत अभद्र व्यवहार गर्ने धम्की दिएका थिए । सिधाकुरा सम्वाददाता साहको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै एमाले कार्यकर्ताहरूले यस्तो चेतावनी दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...