अजित कुमार भुजेल , बिरगंज । निता फाउन्डेसन सस्थाको आयोजना आज नारायणी अस्पताल बिरगंजको सभाहलमा सन्चालन समुदाय नेतुत्व तथा अनुगमनको कार्यान्वयन साझेदारहरु बीच कार्य अधावधिक गर्ने कार्य टोलिको बैठक सम्पन्न भयो ।
निता फाउन्डेसन सस्थाले एचआईभि संक्रमित भएका व्यक्तिहरुको बारेमा सेवाग्राहि र सेवा प्रदायिक बीच पुलको काम गर्ने काम गर्दै आईरहेको सो कार्यक्रममा फाउन्डेसनका पर्सा डिस्ट्रिक फोकल पर्शन दिलिप खड्काले जानकारी गराएका थिए ।
सो कार्यक्रममा सरोकारवालाहरुले एचआईभी संक्रमित भएका व्यक्तिहरुको स्वास्थ्य बिमा उनिहरुको पहुँच भन्दा टाढा रहेको , स्वास्थ्य कहाँ र कसरी गर्ने र स्वास्थ्य बिमाबाट संक्रमित व्यक्तिहरुले के कस्तो सुबिधा र कस्तो औंषधि निसुल्क पाउने भन्ने जानकार नभएकोले सर्वप्रथम त्यस तर्फ पनि ध्यान दिन आग्रह गरेका थिए ।
त्यसैगरि सेवाप्रदायिक स्वास्थ्यकर्मिहरुले एचआईभी संक्रमित भएका व्यक्तिहरुले खुलेर आफ्ना कुरा नराख्नाले उपचारमा कठिनाइ हुने भएको र आफुलाई पैसा र भत्ता नपाउने भए गलत जानकारी दिने हुदा काम गर्न अप्ठ्यारो भएको सो कार्यक्रममा जानकारी गराईएको थियो । संक्रमण व्यक्ति उपचार गर्न आएपनी घर फर्कन गाडी भाडा र औंषधि किन्न समेत पैसा माग्ने जस्ता समस्या रहेको र औंषधि पनि अस्पतालमा पर्याप्त मात्रामा नहुने र भएपनि उपलब्ध नगराउने भएकोले औंषधि पसलमा अनुगमन हुनु पर्नेमा जोड दिएका थिए ।
सुरक्षाको दृस्टिकोणले संक्रमण भएका क्लाईन्टहरुको गोपनियता नभएको , समयमा उपचार नभएको , नर्मल पेसेन्टलाई चेकजाच पछि मात्र हामिहरुलाई चेकजाच गर्ने , समयमा खाना खुवाउनु पर्नेमा ढिलो खुवाउने , बस्ने ठाउ सफासुग्घर नभएको , शुद्ध पानीको व्यवस्था हुनु पर्ने , पोषिलो खानेकुरा खुवाउनु पर्ने , खानामा पनि भेदभाव भएको , विभिन्न लान्छना , भेदभाव , घरेलुु , पारिवारिक , सामाजिक हिंसाका कारण स्वास्थ्य सेवामा संक्रमितहरु उपचार सेवामा खुलस्त सहभागी हुन नसेको सो कार्यक्रममा जानकारी गराईएको थियो ।
एआरटि केन्द्रको भौतिक संरचना सानो छ ।एआरटि केन्द्रलाई ठुलो ठाउमा सार्न गार्हो छ । Nalaxon औंषधि OST केन्द्रमा उपलब्ध छैन । पोषण खानेकुराको व्यवस्था छैन । सफा पिउने पानी , खाने ठाउ सफासुघ्रर , फ्रिज , पंखाको व्यवस्था छैन ।
नारायणी अस्पतालमा रहेको एआरटि शाखाको रेकर्ड अनुसार अहिलेसम्म १४०० देखि १५०० जना संक्रमित रहेको जानकारी दिएका थिए । तर स्वास्थ्य बिमा मात्र ९२६ जनाले गरेको रेकर्ड रहेको र अरु बिरामीको बिमा नभएकोले अबदेखि सबैको बिमा रेकर्ड राख्नु पर्ने बताउदै एचआईभि संक्रमितहरु किन नियमित उपचार गर्न आउदैनन । यौनकर्मि र एचआईभि संक्रिमितहरुको पहिचान गरि समयमै स्वास्थ्य परिक्षण गर्न आआफ्नो तर्फबाट सबै सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुनम लाल दासको अध्यक्षतामा भएको सो कार्यक्रमका वरिष्ठ स्वास्थ्य प्रशासन महाशाखा पर्साका डा. मुक्ति नारायण साह , बिरगंज महानगर पालिकाका जनस्वास्थ्य बिकास शाखाका राजु प्रसाद साह , बारा प्लसका हुसेन अन्सारी , बिजामका कार्यक्रम सन्योजक अनोज खड्का , दिपक कुमार साह , स्पर्श नेपालका बिशान्त श्रेष्ठ , निता फाउन्डेसनका राजन केसि , धिरज शर्मा , नया जीवन बिकास सेवा समाजका नाजिया बानो , नारायणी अस्पतालका ज्योती गुप्ता , दिलमाया पाजा , सहयात्री समाज नेपालका सन्जु महतो, स्वास्थ्य बिमा बोर्डका अप्सरा बस्नेत , लगायतको सहभागी रहेको थियो ।
कार्यक्रम सन्चालन तथा निता फाउन्डेसन पर्साको परिचय सहित अहिलेसम्म गरेको काम र उपलब्धिहरुका बारेमा जानकारी निता फाउन्डेसन पर्साका डिस्ट्रिक फोकल पर्सन दिलिप खड्काले गरेका थिए ।