अजित कुमार भुजेल , बिरगंज ।बिरगंजस्थित डीएभी रुक्मिणी बनारसी केडिया स्कूलमा तेस्रो संस्करणको श्री शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता आज फाईनल खेल संचालन भएको छ।
शनिबार भएको फाईनल खेलमा मुनलाइट स्कुल र लिटिल फ्लावर स्कुल बीच भएको थियोे।
उक्त खेलमा मुन लाइट स्कुलले लिटिल फ्लावर स्कुललाई ७-१ को अन्तरले पराजित गरेको छ। उक्त खेलको म्यान अफ दि म्याच मुनलाइट स्कुलका जर्सी नम्बर ९ का सुरेश मुखिया घोषित भएका थिए भने मुनलाइट स्कुलका पहिलो स्थान हासिल गर्न सफल भएका थिए। उनलाई १५ हजार रुपैया र ट्रफि एवम् मेडल सहित सम्मान गरिएको थियो।
उक्त खेलमा लिटिल फ्लावर स्कुल दोस्रो स्थानमा भए , उनका टिम मेम्बरलाई १० हजार रुपैया र ट्रफि एवम् मेडल सहित सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि युवा नेता रहबर अन्सारीको आतिथ्यमा सम्पन्न भएको हो। वहाले दिप प्रजवल्न गरि खेलको उद्घाटन गर्नु भएको थियो।
भने डाक्टर बिजय अग्रवाल ,केडिया परिवार सुनिल केडिया,सन्दिप केडिया , सौरभ केडिया,दिनेश बन्का, प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष पुरन प्रधान ,उपाध्यक्ष शिवजी गुप्ता ,सुलभ केसी लगायत विभिन्न बिधालयका प्रिन्सिपलहरुको उल्लेखनीय सहभागी रहेको थियो ।उक्त कार्यक्रममा संचारकर्मी अभिलाष गुप्ता,राज सराफको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य बिधालयका प्रिन्सिपल राकेश मिश्रले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षिका मेधा दधिजले गरेकी थिइन् ।