नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) पर्साको चौथो अधिवेशनबाट मुनेश लायो मगरको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति निर्बिरोध चयन तथा सम्मान कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) पर्साको चौथो जिल्ला अधिवेशनबाट मुनेश लायो मगरको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मतबाट निर्वाचित भएको छ ।

आज बिरगंजको होटेल गेट वे मा चौथो जिल्ला अधिवेशनबाट सर्वसम्मतिबाट अध्यक्ष पदमा मुनेश लायो मगर , उपाध्यक्षमा ओमप्रकाश चौधरी , सचिबमा एन्जल चौधरी , सहसचिवमा रामकिशोर चौधरी , कोषाध्यक्षमा सन्जय दास थारु , सदस्यमा मेघराज राय र अर्जुन चौधरी गरि ७ सदस्यीय कार्य समिति चयन भएको फोनिज मधेस प्रदेशका ईन्चार्ज निरज पिठाकोटे मगरले जानकारी दिनुभयो ।

त्यसैगरि फोनिज पर्साले बारा , पर्साबाट नेपाल पत्रकार महासंघमा निर्वाचित हुनु भएको फोनिज सहकर्मी साथीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनु हुनेमा पर्साबाट अजित कुमार भुजेल , बाराबाट दुष्यन्त चौधरी , जियालाल चौधरी र नवीन चौधरी रहेका थिए ।

चौथो जिल्ला अधिवेशन नेपाल आदिवासी जनजाति पत्रकार महा संघ ( फोनिज ) मधेस प्रदेशका ईन्चार्ज निरज पिठाकोटे मगरको विशेष उपस्थिति र मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको उपस्थितिमा भएको सो कार्यक्रममा फोनिजका पर्सा सस्थापक जगत राई , मधेस प्रदेश सदस्य जियालाल चौधरी , मधेस प्रदेश सदस्य सम्भु महतो थारु , पुनम चौधरी , बाराका सदस्य नवीन चौधरी , उदय दास थारु , सन्तोषमान रन्जितकार , शेखर चौधरी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बसपार्कमा वृक्षारोपण अभियान तीव्र, ‘हरित र सुन्दर वीरगन्ज’ बनाउने महानगरको लक्ष्य

पर्सा पोस्ट, साउन ३० गते, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण...

विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ आर्थिक सहयोग

पर्सा पोस्ट, साउन २९ गते, वीरगञ्ज। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकास्थित...

सामुदायिक प्रहरी–नागरिक सहकार्य सुदृढ बनाउन एसपी पवन भट्टराईको प्रतिबद्धता

पर्सा पोस्ट, साउन २८ गते, वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र,...