अन्तरविद्यालय फुटबल प्रतियोगिताको छैठौं दिन भएको खेलमा मुनलाईट माबि र लिटिल फ्लावर माबि बिजयि

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजस्थित डीएभी रुक्मिणी बनारसी केडिया स्कूलमा तेस्रो संस्करणको श्री शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता आज छैटो दिन संचालन भएको छ।

आजको खेलमा मुनलाईट माबि र लिटिल फ्लावर माबि बिजयि भएको छ ।

पहिलो खेलमा मुनलाईट माबि र ग्यान्डा एकेडमी बीच भएको खेलमा मुनलाईट माबिले ग्यान्डा एकेडमीलाई ८-२ को अन्तरले पराजित गरेको थियो ।उक्त खेलको म्यान अफ दि म्याच मुनलाईट माबिका जर्सि नम्बर ११ का एलेकश तामाङ घोषित भए ।

त्यसैगरि आजको दोस्रो खेल डि.पि.एस. स्कुल र लिटिल फ्लावर बीच भएको खेलमा लिटिल फ्लावरले डि.पि.एस. स्कुललाई ५-२ को अन्तरले पराजित गरेका थिए भने म्यान अफ दि म्याच लिटिल फ्लावरका जर्सि नम्बर १० का निशान पुडासैनि घोषित भएका थिए ।

फाईनल खेल भोलि शनिबार हुने आयोजक कमिटीले जनाएको छ । सो प्रतियोगितामा बिरगंजका विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए ।

उनिहरुको  बीचको प्रतिस्पर्धाले खेलप्रेमी दर्शकहरूलाई अझै  मनोरञ्जन प्रदान गर्ने विश्वास गरिएको छ। स्कुलले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्ने गरेको छ । त्यसैको निरन्तरता स्वरुप तेस्रो संस्करण गर्न थालिएको बताए ।

उक्त खेलमा बिरगंजका डि.ए.भी. स्कुल,ज्ञान्दा एकेडमी ,साउथ जोन स्कुल,मनकामना स्कुल,कादम्बरी एकेडमी,डिपिएस स्कुल, मुनलाईट माबि ,जीवन ज्योति,लिटिल फ्लावर , मालिनी एकेडमी,मेरी गोल्ड स्कुल , काभेरी एकेडमी गरि १२ वटा स्कुल सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...